बिक्न छाड्यो मादल


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

–दीपक बोहरा
दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उहाँलाई सिजनमा पनि १५÷१६ वटा बेच्न धौधौ छ ।

“मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन्, यसले गर्दा हामी निराश भएका छौँ ।”

चाडपर्वको समयमा केही बिक्ने भए पनि अन्य समयमा झनै सुनसान हुने गरेको उहाँको भनाइ छ । “चाडपर्वको समयमा अलि–अलि बिक्छन्”, उहाँले भन्नुभयो, “तर अन्य समयमा भने बिक्न पनि छाडेका छन् ।”

सोही ठाउँका ठेलराज वादीले पनि पुस्तौँदेखि मादल बनाउँदै आउनुभएको छ । तर, पछिल्लो समय वर्षेनी मादलको माग घट्दै गएको उहाँले बताउनुभयो । “मैले पुर्खादेखि मादल बनाउँदै आएको छु”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय मादलको माग घट्दै गएको छ ।” उहाँले अहिले पनि वर्षेनी रु पाँच÷सात लाख मादल बनाएरै कमाउने गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो मुख्य पेशा नै यही भएकाले यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जानुले आफूहरुको पेशा धरापमा पर्ने गरेको उहाँले बताउनुभयो । “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि हाम्रो पेशा नै लोप हुनलागेको छ”, उहाँले भन्नुभयो, “यसले हामीलाई चिन्तित बनाएको छ ।”

मादलको व्यापार घट्नुको प्रमुख कारण यसको प्रयोग नै घटेको उनीहरूको भनाइ छ । मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ । गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ । मेहनतअनुसारको मूल्य पाउन छोडेपछि मादल बनाउने वादीहरूको संख्या पनि घटेको छ ।

मादल बनाउनका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ प्रयोग गर्छन् । गोरु र बाख्राको छाला प्रयोग हुन्छ । काठ खोप्ने आधुनिक औजार तथा मेसिन अभावमा उनीहरूले परम्परागत रूपमै छिनो र बसिलाको प्रयोग गर्छन् । एउटा मादल बनाउनकै लागि ४ दिनदेखि एक सातासम्म लाग्ने गर्छ ।

अहिले मादल खोल्ने मेसिन नहुँदा पनि समस्या भएको ठेलराज वादीको भनाइ छ । “मादल खोल्ने मेसिन छैन, पश्चिम दाङबाट खोलेर ल्याउँछौँ, त्यही पनि राम्रो हुँदैन”, उहाँले भन्नुभयो, “सरकारले मादल खोल्ने मेसिन ल्याइदियो भने हामीलाई सहज हुने थियो ।”

पछिल्लो समय मादल व्यवसाय घट्दै जानुले यस क्षेत्रका वादी समुदायको रोजीरोटी नै गुम्ने तथा पहिचान पनि हराउने चिन्ता भएको भन्दै मादलको बजारीकरण तथा व्यवस्थापन गर्न उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

उहाँले वादी समुदायको सहजताका लागि मेसिन पनि खरीद गर्ने प्रतिबद्धता जनाउनुभयो । यदि आधुनिक औजार र मेसिनहरूको प्रयोग गरी उद्योगका रूपमा सञ्चालन गर्न सके यो पेसालाई व्यावसायिक बनाई रोजगारी सिर्जना गर्न सकिने वादी समुदायका अगुवाहरुले बताउनुभयो । त्यसका लागि हाम्रो पुरानो संस्कृति र परम्परासँग जोडिएको मादलका संगीतलाई जोगाइरहन आवश्यक देखिन्छ, उनीहरुको भनाइ छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com