आयो प्रेमराजाको नयाँ स्वदेशगान : दुख पर्दा नेपालीको एउटै हुन्छ बोली


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

बरिष्ठ लोक गायक प्रेमराजा महतको नयाँ स्वदेश गान बजारमा आएको छ । ‘आयो नेपाली हो हो आयो नेपाली, चन्द्र सुर्य झण्डा बोकी आयो नेपाली ‘ बोलको उक्त गीतमा नेपालीको विरताको गाथा समेटिएको छ ।

भिडियो सहित सार्बजनिक भएको गीतमा प्रेमराजा महत आफै नेपालको झण्डासहित देखिएका छन् । राष्ट्रियताको भावनाले ओतप्रोत भएको गीतमा देशप्रेमले भरिएका शब्दहरु छताछुल्ल छन् ।

मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महाबाणिज्य दुत महत अमेरिकामा नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धनमा समेत सकृय छन् । पानको पात, सिमसिमे पानीमा जस्ता दर्जनौं लोकप्रिय गीतका गायक महतले देशप्रेमका गीतसमेत गाएका छन् ।

गीतको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com