मेक्सिको आइपुगे बोलिभियाका पूर्व राष्ट्रपति, मेक्सिकोबाट एसाइलम स्वीकृत


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेस आज दिउसो मेक्सिको आइपुगेका छन्, उनलाई मेक्सिको सरकारले एसाइलम स्वीकृत गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयले इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएपछि उनी आजै मेक्सिको आइपुगेका हुन् ।

मोरालेसको कार्यकाल सन् २०२० को जनवरीमा सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उनले राजिनामा दिएका हुन् । यसलाई मेक्सिकोले सैनिक विद्रोहको सज्ञा दिएको छ । मेक्सिको आउनासाथ त्यहाँका विदेशमन्त्री मार्सेलो एब्राडले उनलाई स्वागत गरेका छन् ।

१४ बर्षसम्म बोलिभियाको नेतृत्व गरेका मोरालेसले आफ्नो जीवन बचाइदिएकोमा मेक्सिकोका राष्ट्रपतिलाई धन्यवाद समेत दिएका छन् । उनले बोलिभियामा आफूलाई ज्यान मार्ने धम्की दिइएको समेत बताएका छन् । उनले बोलिभियामा समानताका लागि आफ्नो लडाई भने जारी राख्ने बताएका छन् ।

आफूलाई समाजवादी नेता बताउने मोरालेस बोलिभियाका पहिलो जनजाती राष्ट्रपति समेत थिए । उनले आफू सैनिक विद्रोहको शिकार भएको भन्दै भविश्यमा मेक्सिको फर्कने प्रतिबद्धता जनाएका छन् ।

बोलिभियामा मोरालेसका समर्थकहरुको आइतवारदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा झडपहरु भइरहेको जनाइएको छ । मेक्सिकोले यस अगाडि फिडेल क्यास्ट्रोलाई पनि शरण दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com