होलीमा जबर्जस्ती लोला हानेलाई सार्वजनिक मुद्दा


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

होलीमा जबर्जस्ती लोला हाने तथा रङ छ्यापे प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही गर्ने भएको छ । होलीलाई मर्यादित रूपमा मनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार जबर्जस्ती लोला, रङ हान्ने तथा अभद्र व्यवहार गर्नेहरूलाई पक्राउ गरी मुद्दा चलाइनेछ ।

होलीको दिन सांस्कृतिक कार्यक्रम हुने आठ स्थानमा डिएसपीको कमान्डमा प्रहरी खटाइने भएको छ । पर्वमा चन्दा असुल्नेलाई नियन्त्रणदेखि अनुहार नै नचिनिने गरी रङ लगाउनेलाई समेत प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएको छ ।

बसको छतमा बस्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, एउटा मोटरसाइकलमा दुईजनाभन्दा धेरै बस्नेलाई कारबाही हुने काठमाडौं परिसरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहानैदेखि मापसे चेकिङ हुने
होलीको दिन आइतबार प्रहरीले बिहानैदेखि राजधानीमा मापसे चेकिङ गर्ने भएको छ । होली मनाउने नाममा मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति रोक्न दिउँसै मापसे चेकिङ गर्न लागिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।

होलीमा मादक पदार्थ तथा लागुऔषध सेवन गरी तीव्र गतिमा सवारी चलाउने विकृतिलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले मापसे चेकिङमा कडाइ गर्न लागेको हो । होलीलाई दुर्घटनारहित बनाउन आफूहरूले योजना बनाइएको ट्राफिक महाशाखाका एसपी लोकेन्द्र मल्लले बताए ।नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com