मेक्सिकोसँगको सिमाक्षेत्रमा १ महिनामा ३६ हजार कागजपत्रविहिन पक्राउ, अहिलेसम्मकै कम


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

अक्टोबर महिनामा मेक्सिकोसँगको अमेरिकी सिमाक्षेत्रमा कागजपत्रविहिन पक्राउ दर अझै घटेको छ । अक्टोबरमा सिमाक्षेत्रमा जम्मा ३६ हजार ३ सय कागजपत्रविहिन पक्राउ परेका छन् । अक्टोबर अमेरिकी आर्थिक बर्ष २०२० को पहिलो महिना हो ।

गत मे महिनाको तुलनामा सिमाक्षेत्रमा आप्रवासीहरु पक्राउ दर अक्टोबरमा ७५ प्रतिशतले घटेको छ । सेप्टेम्बरको तुलनामा पनि यो दर १० प्रतिशतले घटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमानामा पर्खाल लगाउने परियोजनाको पहिलो सेक्सनको काम जारी रहदा यो तथ्यांक आएको हो ।

ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर लगायतका मुलुकसँग भएको सहमति र अमेरिकी सिमाक्षेत्रमा आइपुग्नु अगाडि नै बाटोमा पर्ने देशमा आप्रवासीहरु समातिने क्रम बढेकाले अमेरिकी सिमाक्षेत्रमा आप्रवासीहरु समातिने क्रममा गिरावट आएको हो । त्योबाहेक अमेरिकी सरकारको एसाइलमबारेको नीतिमा आएको कडाईका कारण पनि आप्रवासीहरु कममात्र प्रवेश गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारले सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्ने ५५ हजार भन्दा धेरैलाई अदालती सुनुवाईसम्मका लागि भन्दै मेक्सिको फिर्ता पठाइसकेको छ । पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावीगर्नेमात्र नभई सिमाक्षेत्रमा समातिने आप्रवासीहरुलाई पनि एसाइलमको आवेदन स्वीकार गरिएको खण्डमा अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com