नयाँ मन्त्रीहरुले शपथ लिए


प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आजै प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

हेरफेर गरिएको मन्त्रीपरिषदमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलानाथ गिरीले जिम्मेवारी पाएका छन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हलेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com