वकिलको लाइसेन्स लिने तयारी पुस्तक : सम्पत्ति नहुनेहरु उग्र, जंगली, डरलाग्दो र कम्युनिष्टजस्तो


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

वकिलको लाइसेन्स लिनका लागि तयारी पुस्तकमा सम्पत्ति नभएर नै मानिस कम्युनिष्टजस्तो हुने र सम्पत्तिविनाको मानिस उग्र, जंगली, डरलाग्दो र कम्युनिष्ट जस्तो हुने उल्लेख गरिएको छ । पुस्तकमा भनिएको छ जब मानिसमा सम्पत्ति प्राप्तहुन्छ त्यसपछि शालिन र भद्र स्वभावको हुन्छ ।

पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तक एमआर उपाध्यायले लेखेका हुन् । पुस्तकको देवानी कानून खण्डको सम्पत्ति सम्बन्धि कानून शीर्षकमा उक्त कुरा उल्लेख गरिएको छ । यो पुस्तक वकिलको लाइसेन्स लिनका लागि बार काउन्सिलको परीक्षा दिने तयारीका लागि तयार पारिएको पुस्तक हो ।

पुस्तकको कभरमा जापानिज उखान भन्दै लेखिएको छ – ‘केवल पेन्टर र वकिललेमात्र सेतोलाई कालो बनाउन सक्छन् ।’

पुस्तकको नाम अधिवक्ता हाते पुस्तक राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com