५ बुँदे माँग पूरा भएन भने जनविद्रोहमा जान्छौं : मधेशी मोर्चा


प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार

मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस र माओवादी केन्द्रलाई यो अन्तिम मौका हो, ७ दिनभित्र हाम्रा ५ बुँदे मागहरु पूरा भएन भने मधेश आधारशिला भएर देशभरि नै जनविद्रोह गर्छो, त्यसको गम्भिर गृहकार्यमा हामी जुटिसकेका छौं, अब मोर्चा चुप लागेर बस्दैन, छिट्टै घोषणा गर्छ।’

साक्षात्कारमा यादवले आफूहरुले नखाएको विष खाएको जसरी प्रचार गरिएकोप्रति कडा आपत्ति जनाउँदै भने,‘एमाले पार्टी के हो भन्ने कुरा अब घामजस्तै छर्लङ् भैसकेको छ।’ उनले मधेशी जनतालाई अधिकार दिने कुरामा राज्यले कन्जुस्याँई गरेको आरोप लगाए।

यादवले भने,‘निर्दोष जनता मधेशमा अब कति मर्ने ? हामी अब वारपारको लडाई लड्छौं।’ आफूहरुको जनविद्रोहको स्वरुप कस्तो हुन्छ भन्ने कुरामा राज्यले दमन गर्ने शैलीबाट थाहा हुने समेत जनाए। उनले भने,‘राज्यले दमन गरे, हामीले बन्दुक उठाउने सम्मको सोच बनाएका छौं।’

यादवले भने,‘मधेश आधारशिला बनाएर अब हामी उत्पीडित, शोषित, महिला, जनजाति, मधेशी, थारु, मुस्लिमहरुको अधिकारको लागि जनविद्रोह गर्छौं, तर जनविद्रोह माओवादी युद्ध जस्तो हुँदैन, स्वरुप कस्तो हुने भन्नेबारेमा हामी छलफल गर्छौं।’ उनले आफूहरुको जनविद्रोह अब पुर्वको लिम्बुवानदेखि पश्चिमको खसाङ्सम्म र दक्षिको मधेश देखि उत्तरको शेर्पासम्म केन्द्रित हुने उनले चेतावनी दिए। उनले मधेशी मोर्चा अब मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत भैरहेको समेत जनाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले एमालेको नश्लवादी चिन्तन र हठबाजी सोचाईका कारण सप्तरी घट्ना घटेको आरोप लगाए। उनले भने,‘यो घट्ना जुन किसिमले घटाईयो, यसको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्छ।’ उनले एमालेले जनताको लागि भन्दापनि आफ्नो लागि राजनीति गरेको हो भन्ने कुरा सप्तरी घट्नाले प्रष्ट पारिसकेको बताए।

उनले एमालेले उक्त अभियान दुई÷चार दिन सारेको भए घट्ना नघट्ने समेत बताए। एमालेको गतिविधिका कारण मधेशी जनताले स्वतःस्फूर्त विरोध गरेको स्पष्ट पारे। उनले भने,‘एमालेको रणनीति मधेशी र पहाडीयावीच जातीय द्धन्द्ध फैलाउने थियो, एमालेले विखण्डनकारी राजनीति गर्दैछ, यो देशको राष्ट्रियताको परिभाषा गर्ने ठेक्का एमालेले लिएको छ।’

यादवले राजविराज घट्नालाई आफूहरुले सामान्य रुपमा नलिएको उल्लेख गर्दै भने,‘मधेशी जनतालाई भेडा बाख्राजसरी मारिरहने हो भने हामी अर्को बाटो समात्न बाध्य हुन्छौं।’  उनले आफूहरु निर्वाचन विरोधी नभएको समेत स्पष्ट पारे। उनले भने,‘तर, देशलाई द्धन्द्धमा लैजाने निर्वाचनमा हामी किन भाग लिन्छौं र ?यो देशमा जे अस्थिरत, भाँडभैलो भैरहेको छ अहिले त्यो एमालेको कारणले भएको छ।’ उनले एमाले नदी बेचेर आएको पार्टी भएको आरोप लगाउँदै आफूहरुलाई लोकतन्त्र र राष्ट्रियताको पाठ नपढाए हुन्छ भन्दै कडा चेतावनी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com