स्थानीय तहको निर्वाचन कुनै पनि हालत, बहाना र परिस्थितिमा स्थगित् हुँदैन : खनाल


प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले ०७४ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालत, बहाना र परिस्थितिमा स्थगित् नहुने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,‘चुनाव हुन्छ, बैशाख ३१ गते नै चुनाव हुन्छ, तलमाथि हुँदैन्, चुनावलाई स्थगित् गर्ने कसैले पनि नसोचे हुन्छ।’

साक्षात्कारमा सबै कुरा सहज भएर चुनाव होस् भन्ने सरकारको चाहना भएपनि जस्तो सुकै परिस्थितिमा पनि चुनाव गराएर छोड्ने उनले स्पष्ट पारे। उनले भने,‘संभवत मधेशी मोर्चालाई पनि सहमतिमा ल्याएर चुनाव गराउनुपर्छ।’

उनले सरकारको अधिकतम प्रयत्न भनेको नै मधेशी मोर्चालाईपनि सहमतिमा ल्याएर अघि बढ्ने रहेको बताउँदै भने,‘हामीले हिजोपनि उहाँहरुसँग छलफल गरेका छौं, अहिले असहज परिस्थिति आईरहेका छन्, यस्तो अवस्थामा सबैको सहभागितमा चुनाव होस् भन्ने हाम्रो चाहना हो।’

उनले जे–जस्तो स्थिति भएपनि मुलुकको निकासको लागि एउटा बाटो निकाल्नुपर्ने अवस्था भएकोले मधेशी मोर्चाले चुनाव स्थगित् गर्न दिएको अल्टिमेटमबारे अहिले सरकारले अहिले नसोचेको समेत स्पष्ट पारे।   त्यस्तै उनले सरकारमा राप्रपाको भूमिका बढाउनेबारे पछिल्लो समय सकारात्मक छलफल भैरहेको जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com