मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मुलकी युवतीलाई उच्च टाइटल


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मुलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् । नेपाली अमेरिकन सुजिता बस्नेतले मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटलमात्र जितिनन्, पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेतले अमेरिकी प्रतियोगिता मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको ताज पहिरिन सफल भएकी हुन् । मिस मेरिल्याण्ड युएसए सन् १९५२ देखि हरेक बर्ष आयोजना हुँदै आएको छ ।

यही प्रतियोगिताकी विजेता नाना मेरिवेदर सन् २०१२ मा मिस युएसए भएकी थिइन् । ओलिभिया कल्पोले सुरुमा मिस युएसए जीतेपनि पछि मिस युनिभर्सको टाइटल जितेपछि फस्ट रनर अप मेरिवेदरलाई मिस युएसए घोषणा गरिएको थियो ।

मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्नका लागि मिस मेरिल्याण्ड युएसएको आयोजना गरिदै आएको छ । जसमा यसपटक सुताजा र अरु ९५ जना अमेरिकन युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । सबैलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com