सप्तरीमा मोर्चाको अन्दोलनले उग्र रुप लिदै


प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार

लागतार चरदिनदेखी तनावग्रस्ग सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाको कार्यकर्ताले सप्तरी स्थित भुमिसुधार कार्यालयमा आगो लागाईदिएको जनाएको छ ।
यसैबीच सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।

सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको जनाईएको छ ।

यसअघि सोमबार पनि राविराजमा नै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।

प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ ।

मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता आज पनि बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्द गराइरहेका बताइएको छ ।

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो ।

आज पनि राजविराजमा तनाव कायम रहेको छ भने मधेसी मोर्चाले नेकपा एमालेका नेता तथा कार्यकर्ताको घर तोडफोड गरेपछि सो पार्टीका कार्यकर्ता अत्यन्त भयभित भएको र कतिपय कार्यकर्ता पलायन भएको एमालेका कार्यकर्ताले बताएका छन् । उता प्रहरी सुरक्षालाई भने सुदृढ बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com