भारतीय एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु


प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार

कञ्चनपुरको सीमा क्षेत्र पुर्नवास नगरपालीका स्थित आनन्दबजारमा भारतीय क्षेत्रमा हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ ।

भारतीय एसएसबीको गोली लागेर स्थानीय गोविन्द गौतमको उपचारको क्रम्मा मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।सशस्त्र प्रहरीले सुरक्षा दिन नसकेपछि स्थानीयहरु सशस्त्र प्रहरी हतियार खोसेको जनाएको छ ।

आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएपछि भारतीय संग झडप भएको जनाईएको छ ।
एबिसी टेलिभिजनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनाललाई टेलिफोन गरी बुझ्दा ञ्चनपुरको सीमा क्षेत्र पुर्नवास नगरपालीका स्थित आनन्दबजारमा नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको जानकारी दिए ।
भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुरु पारीबाट हवाई फाएर गरेको उनले बताए ।

अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका बताईएको छ ।
नेपाली र भारतीयबीच सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएपछि झडप भएको र घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको जनाईएको छ । यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेकोथियो । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा हानाहान भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com