डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

अमरगढी, २४ कात्तिक (रासस) ःचिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो ।

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहनुभएका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हँुदै आएका छन् ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com