न्युयोर्कमा काँग्रेस नेताहरु सिंह र जोशीसँग अन्तरकृया, वीर गणेशमान भोलि देखाइने


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

– विष्णु सिंह ( बैजू)

आज नेपाली जनसम्पर्क समिति अमेरिकाले न्युयोर्कको ज्याक्सनहाइटमा अन्तरकृया कार्यक्रम गरेको छ । शेर्पा किदुगको हलमा नेपाली काँग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह र कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशी लगायतका नेतासँग अन्तरकृया गरिएको हो ।

कार्यक्रममा सृजना सिंह र पुर्व मेयरका प्रत्याशी राजु जोशीको पनि उपस्थीति रहेको थियो । नेपाली काँग्रेसका नेताहरु १०५ औं गणेशमान जयन्तीको अवशरमा भोलि न्युयोर्कमा देखाइने वीर गणेशमानको प्रदर्शनमा सहभागी हुन आएका हुन् । चलचित्र भोलि नोभेम्बर १० मा न्युयोर्क उडसाइडको गुल्सन टेरेसमा देखाइनेछ ।

आज आयोजित अन्तरकृया कार्यक्रम निर्धारित समयभन्दा झण्डै डेढघण्टा ढिलो सुरु भएको थियो । सर्वप्रथम शहिदको सम्झानामा मौनधारणपछि कार्यक्रममा स्वर्गीय नेता गणेशमान र बीपीको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

अतिथिहरुलाई चुण्डी शेर्पा र अमर तामाङले स्वागत गरी खादा ओढाएका थिए । तर नेता कृष्णप्रसाद भट्टराई र सुबर्ण शम्सेरको तस्वीर नदेखेपछि काँग्रेस नेतृ शारदा क्षेत्रीले आपत्ति जनाएकी थिइन् ।

कोलोराडोबाट आएका जनसंपर्क समितीका उपाध्यक्ष धर्मराज श्रेष्ठले मन्तब्यमार्फत सबैलाई स्वागत गरे ।

कार्यक्रममा नेता प्रकाशमान सिंहले मुलुकमा भ्रष्टाचार बढेको बताउँदै सबै काँग्रेसीहरु एकजुट हुनुपर्ने बताए भने पूर्व मन्त्री जोशिले भारतले कालापानी र लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै देशमा मँहगी र असुरक्षा बढेको बताएका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथमा नेपाली काँग्रेस निकटहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय आमन्त्रित आनन्द बिष्टले कार्यक्रम सफलताका लागि सबैलाई धन्यवाद दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com