बागलुङ पञ्चकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान, हिमशृङ्खला अवलोकन


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

बागलुङ, २४ कात्तिक (रासस) : बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो ।

आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका महासचिव नरेश कँडेलले बताउनुभयो ।

केहीबेर बागलुङको आकाशमा उडेपछि चालक सुनवारले धवलागिरि बहुमुखी क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराउनुभएको थियो । क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरणस्थलको खोजी भइरहेको छ । “उपल्लाचौर, बसपार्क क्षेत्रलगायतका ठाउँ हेर्दैछौँ”, महासचिव कँडेलले भन्नुभयो ।

उडानका लागि प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेको चालक सुनुवारले बताउनुभयो । उक्त स्थानमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । पञ्चकोट पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, हिमशृङ्खला अवलोकन आदिका लागि पनि पञ्चकोट उत्तम मानिन्छ । धावनमार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिने महासचिव कँडेलले बताउनुभयो । “बागलुङ महोत्सवको प्रमुख आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो”, उहाँले भन्नुभयो, “प्याराग्लाइडिङको गन्तव्य पहिचान र नियमित सञ्चालनको वातावरण बनाउन यसले सघाउने हाम्रो विश्वास छ ।”

साहसिक खेलका रुपमा समेत चिनिएको प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सव आयोजकले लिएको छ । महोत्सव अवलोकनमा आउने दर्शक÷पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । निश्चित शुल्क तोकेर उडान गराइने आयोजकले जनाएको छ ।

पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि आउँदो पुस ११ देखि २० गतेसम्म छैटौँ बागलुङ महोत्सव हुँदैछ । महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई पनि महोत्सवले सघाउने विश्वास लिइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com