टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५-७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५-७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिनुभयो ।

करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ । नगरपालिकाका अनुसार आव २०७५÷७६ मा निवेदन दस्तुरबाट रु ७८ हजार ३००, नक्सापास दस्तुरवापत रु ४२ लाख ३९ हजार २७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट रु ४३ हजार ४१०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट रु ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट रु १२ लाख ४२ हजार ५०० र अन्य आम्दानीबाट रु ६ लाख ९५ हजार ७१ राजश्व सङ्कलन गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा नगरपािलकाले रु ८८ लाख ५७ हजार ५०१ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९२ लाख ५४ हजार ९३१ राजश्व सङ्कलन भएको थियो । आव २०७४÷७५ मा घरजग्गा र सम्पत्ति करबाट रु ५० लाख ३४ हजार ६२५, मालपोत तथा भूमि करबाट रु २५ हजार ७३७, बहाल करबाट रु २८ हजार २७ लाख ६८६, व्यवसाय दर्ता करबाट रु १० लाख ८९ हजार ६८२, विज्ञापन करबाट ४८ हजार ५०१ र बहाल विटौरी करबाट ४५ हजार ३०६ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । यस्तै भूकम्पपीडितलाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौँ, असोज तथा कात्तिक महीनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com