चार सामुदायिक वनलाई समेटेर राइनोपार्क बनाइँदै


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

चितवन, २२ कात्तिक (रासस) : पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको मेघौली पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

राप्ती र नारायणी नदीको सङ्गमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्दछन् । हात्ती चढेर दुर्लभ वन्यजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्दछन् । क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलका अनुसार प्रदेशसभाले जिल्लामा मेघौलीलाई पर्यटकीय गन्तव्यका रुपमा छानेको छ ।

यससँगै यहाँको पर्यटकीय प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट प्राप्त हुने उहाँले जानकारी दिनुभयो । भुर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा वेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रूपमा विकास गर्न लागिएको छ ।

मेघौली विमानस्थल नजिकै राइनोपार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो गैँडाको मूर्ति बनाइँदैछ । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र सङ्ग्रहालय रहने उहाँले जानकारी दिनुभयो । यसै महिनाको ३० गते शिलान्याश गरेर काम अघि बढाइँदैछ । रु दुई करोड ५० लाख खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार राइनोपार्क झण्डै ५५० बिघा क्षेत्रमा फैलनेछ । पार्कमा थारू सङ्ग्राहालय, जैविक विविधता सूचना केन्द्र, वन्यजन्तु उद्वार केन्द्र, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, वेतरी खोलामा ५०० मिटरसम्मको डुङ्गा शयर, बाघ, गैँडा र चरा हेर्न दृश्यावलोकन स्तम्भ रहेका छन् । यससँगै १५ फिट अग्लो र चार फिट चौडाको क्यानोपिकवाक निर्माण गरिँदैछ । सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिकवाक निर्माण गरिनेछ ।

झण्डै एक किलोमिटर लामो त्यसै ठाउँमा हिँडेर पर्यटकले दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । सोका कारण वन्यजन्तुबाट कुनै दुर्घटना नहुने र पर्यटक रमाउने अपेक्षा गरिएको छ । सुवेदीले यो नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएर पनि प्रचारप्रसारको अभावमा मेघौली पछिपरेको छ । मेघौलीमा ठूला–साना १० पर्यटकीय होटलमा २७३ को क्षमता रहेको छ ।

सुवेदीका अनुसार गत वर्षको तथ्याङ्कलाई हेर्दा मेघौलीमा वार्षिक ११ हजार विदेशी र सात हजार हाराहारी नेपाली पर्यटक आउने गरेका छन् । निकुञ्जभित्रको होटल टाइगरटप्स बन्द भएसँगै बाहिरको हात्तीपोलो खेल पनि बन्द भएको छ । यससँगै मेघौली थप ओझेलमा परेको हो । पछिल्लो समय मेघौलीमा नयाँपन दिनका लागि स्थानीयवासी लागिपरेका छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com