मोर्चाबाट मृत घोषित भन्छन्: म मरेको छैन


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

सप्तरी सदरमुकाम राजविराजमा सोमबार भएको झडपका क्रममा मधेसी मोर्चाले मृतकको सूचीमा राखिएका दिगम्बर यादव अस्पतालमा जीवितै भेटिएको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।  मोर्चाले चारजनाको ज्यान गएको बताएपनि अहिलेसम्म तीनजना मात्रै मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेको कारोबार दैनिकले समाचार प्रकाशित गरेको छ ।

राजविराजमा सोमबार एमालेको सभा सकिएपछि प्रहरीसँग भएको झडपका क्रममा मधेसी मोर्चाले चारजनाको मृत्यु भएको विज्ञप्ति निकालेको थियो । मरेका भनिएकामध्ये दिगम्बरको नाम दोस्रो नम्बरमा थियो ।

मोर्चाका नेताहरुले घटनामा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अर्का एकको नाम, ठेगाना खुल्न बाँकी रहेको दाबी गरेका थिए । मोर्चाका केही नेताले मृतकको सङ्ख्या सात पुगेको पनि बताएका थिए । उनको धरानमा उपचार हुँदै गरेको स्वास्थ्यखबरमा  समाचार छ ।

मोर्चाको विज्ञप्तीबाट छोराको मृत्यु भएको थाहा पाएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका बाबु रामपुज जब झसङ्ग भए, तब उनका छोरा जीवितै थिए र उनको उपचार हुँदैथियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिगम्बरलाई ढाडमा एक गोली लागेको छ । सर्जरी वार्डमा उपचाररत उनी राम्ररी बोल्न र घटना बताउन सक्ने अवस्थामा रहेका रामपुजले जानकारी दिए । दिगम्बर नेपाल बार एसोसिएसन सप्तरीका कोषाध्यक्ष पनि हुन् ।

आफू आन्दोलनमा सहभागी नभएको उनको भनाई छ । उनका अनुसार आन्दोलन भएपछि हेर्न जाँदा गोली लागेको हो । – “झडप भएको स्थानबाट एक किलोमिटर परै थिएँ” – उनले भने, “तर पनि मलाई गोली लाग्यो ।”

दिम्बरले आफू जीवितै रहेको र मोर्चाको कार्यकर्ता पनि नभएको प्रष्ट पारे । “म मोर्चाको कार्यकर्ता पनि होइन र म मरेको पनि छैनु, उनले अस्पतालको बेडबाट भने ।”

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिगम्बरसँगै जितेन्द्रकुमार महतो, इन्द्र यादव, दिलिप यादव, सुरेन्द्रकुमार साह, जीतेन्द्र साह र एमालेका कार्यकर्ता धनपति पाठकको उपचार हुँदैछ ।

उपचाररत मध्येमा इन्द्र यादवको अवस्था गम्भीर रहेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् । राजबिराजमा प्रहरीसँग भएको झडपमा गोली लागेर सन्जन मेहताको घटनास्थलमै ज्यान गयो ।

झडपका क्रममा गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

बिपीमा अहिले लक्ष्मण यादव, दिनेश साह, जक्कु साह, अरुणकुमार यादव, पशुपति यादव र वीरेन्द्र कुमार यादवको उपचार भइरहेको छ । त्यसैगरी प्रहरीहरु रमेश मंग्राती र रञ्जीत सिंह उपचारपछि फर्केका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com