बाख्रा बेचेर मासिक एक लाख आम्दानी


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

स्याङजा वालिङका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ ।

झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थाल्नुभएको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।

सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहनुभएका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थाल्नुभएको हो । विसं २०७० चैतमा ‘कालिका बाख्रा फार्म’ दर्ता गरी सञ्चालनमा ल्याएको फार्म अहिले जिल्लाकै नमूनाको रूपमा विकसित भएको छ । छ वर्षअघि २५ माउबाख्राबाट व्यवसाय थाल्नुभएका खाँणको फार्ममा हाल १२० माउबाख्रा छन् ।

“मैले मासुका लागि खसी, बोका बिक्री गर्ने नभई बीउका लागि बिक्री गर्ने गरेको छु”, युवा व्यवसायी खाँणले भन्नुभयो, “मेरो फार्ममा ८० प्रतिशत बोयर जातका बाख्रा छन् यो मासुभन्दा पनि बीउका लागि माग बढी हुने गरेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीउका लागि साढे तीन महिनादेखि चार महिना अवधिबाट पाठापाठी बिक्री गर्दै आउनुभएको छ । फार्म सञ्चालनमा आएसँगै दुई कामदारले रोजगारी प्राप्त गरेका छन् । झण्डै रु १५ लाखबाट शुरु भएको व्यवसाय हालसम्म आइपुग्दा रु एक करोड बढी लगानी भएको युवा व्यवसायी खाँणले बताउनुभयो ।

“बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ भने वर्षभरिमा ११÷१२ लाख आम्दानी हुन्छ”, युवा व्यवसायी खाँणले भन्नुभयो, “दाना औषधिमुलो र अन्यमा गरी रु दुई लाख खर्च हुने र वार्षिक रु १० लाखको हाराहारीमा बचत हुने गरेको छ ।”

चालिस रोपनी व्यक्तिगत र झण्डै २० रोपनी जग्गा भाडामा लिएर विकासे घाँसहरु वर्षिम, जै, नेपियर तथा राइखनियो, बडहर, किम्बु, इपिललिपिल, टाँकी, बकाइनोजस्ता डालेघाँस लगाएको युवा व्यवसायी खाँणले बताउनुभयो । “वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवायुवतीको चाप बढ्दै जाँदा गाउँबस्ती खाली हुने वा बूढापाकामात्रै गाउँमा रहने परिस्थिति रहेको छ”, उहाँले भन्नुभयो, “रोजगारीका लागि विदेशिने तथा शहर पस्ने युवाहरुलाई गाउँमै पनि प्रशस्तै सम्भावना तथा अवसरको खोजीका लागि अभिप्रेरित गर्नु आवश्यक छ ।”

फार्म अवलोकन तथा अध्ययनका लागि विभिन्न युवायुवतीको समूह यहाँ आउने गर्छन् । उनीहरुले फर्केर गएपछि व्यक्तिगत तथा सामूहिकरूपमा व्यवसाय थालनीका लागि प्रक्रिया शुरु गरेको जानकारी आफूले पाएको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com