एमालेको हठ,अहंकार र सरकारी लाचारीको परिणाम हो,सप्तरी घटना : बाबुराम भट्टराई


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

नयाँ शक्ति पार्टी नेपालले हिजाे सप्तरीमा भएको  गोलीकाण्डप्रति दुःख व्यक्त गरेको छ । पार्टी स‌ंयाेजक डा बाबुराम भट्टराईले अाज एक विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलीसहित मृतकका परिवारप्रति समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना  गर्नु भएकाे छ । उहाँले  घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारवाही गर्न समेत माग गरेका गर्नु भएकाे छ । एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध भएकाे उहाँले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

विज्ञप्तिकाे पूर्णपाठ :

०७३ फाल्गुण २३ गते सप्तरीमा भएको राज्य दमनको घटनाबाट नयाँ शक्ति पार्टी, नेपाल स्तब्ध भएको छ । हामी सप्तरीको दुःखद घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारप्रति समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।

१. हामीले भनिरहेका छौं कि नयाँ शक्ति पार्टी, नेपाल सबैखाले अतिवादको विपक्षमा छ । हामीलाई देशभक्ति सहितको राष्ट्रिय एकता आवश्यक छ । हामी राजनीतिक सहमति, राजनीतिक बिश्वास र सहकार्यको पक्षमा छौं । हामी समावेशी विकास र सम्बृद्धिको पक्षमा छौं । हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौं । यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहि कतैबाट प्रोत्साहित नगरौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२. हामीले पटक पटक भनेका छौैँ कि आन्दोलनरत पक्षहरुसँग सहमति गरेर संविधान संशोधन गरि सबै आन्दोलनहरुलाई समेटौं । यो हाम्रो कसैप्रतिको आग्रह अथवा पूर्वाग्रह होइन । यो नै दिगो शान्ति, एकता र सम्बृद्धिको मूलबाटो हो । यो नै शान्तिपूर्ण र प्रभावकारी निर्वाचन गर्ने आधार हो । यसकालागि हामीले ६ बुँदे शर्तहरु सहित निर्वाचनको वातावरण बनाउन सरकारसँग यसअघिनै माग गरिसकेको कुरा स्मरण गराउन चाहन्छौं ।

३. हामी जोडदिन चाहन्छौ कि संविधान संशोधन गर्नु देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर बनाउनु होइन । यसले हाम्रो एकता र अखण्डतालाई अझ बलियो बनाउँछ । तर केही दलहरुको अहंकारले राजनीतिक सहमति र संविधान संशोधनमा बाधा पुगेको छ । खासगरी संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ ।

त्यही अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो । त्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो । यस्तोवेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण बनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रियो । परिणाम अत्याधिक मानवीय क्षति हुनपुग्यो । यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्दछ ।

४. जिम्मेवार राजनीतिक दलले परिस्थितिलाई उत्तेजित बनाउनु हुदैन । अतः हामी एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपूर्वक सम्वादमा आउन र संविधान संशोधनका लागि सहमति गर्न र त्यसका साथै तराई, मधेस केन्द्रित दलहरुलाई पनि सम्वादका माध्यमबाट समाधान खोज्न आह्वान गर्दछौं । यसकालागि सरकारलाई तत्काल सहमतिका लागि सार्थक सम्वादको वातावरण बनाउन आह्वान गर्दछौं । मिति २०७३/११/२४

………………………….

डा.बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com