टीपीएस वर्क परमिटको म्याद जनवरी ४, २०२१, नयाँ वर्क परमिट पाउन आवेदन दिनुपर्छ ?


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

तपाईले स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु नपर्ने युएससीआईएसले जनाएको छ । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा नै मार्च २४, २०२० सम्म म्याद भएकै वर्क परमिट सन् २०२१ को जनवरी ४ सम्म प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले जनवरी ४, २०२१ सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ । तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।

यदि तपाईले नयाँ म्याद सहितको वर्क परमिट चाहनुहुन्न भने तपाईले आई ७६५ फर्म भर्न र शुल्क तिर्न आवश्यक छैन । तपाईले भविश्यमा कुनै पनि बेला नयाँ वर्क परमिट चाहनुहुन्छ भने त्यतीबेला पनि शुल्क तिरेर फर्म आई ७६५ भरेर आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाई टीपीएस पेन्डिंग अवस्थामा रहेको वा तपाई टीपीएसमा रहेको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएस अपडेट : रि रजिस्ट्रेशन गर्न छुटेका नेपाली टीपीएसवाहकले अझै पनि आवेदन दिनसक्ने

यदि तपाईले सन् २०२१ को जनवरी ४ सम्म म्याद भएकै वर्क परमिट चाहनुहुन्छ भने तपाईले तपाईसँग अहिले भएको वर्क परमिटको म्याद नसकिदै वा सकिएपछि जहिले पनि आवेदन दिन सक्नुहुनेछ । तर याद गर्नुहोस्, तपाईको वर्क परमिटमा सन् २०२० को मार्च २४ सम्म, सन् २०१८ को जुन २४ सम्म वा सन् २०१९ को जुन २४ सम्मको म्याद छ भने तपाईले नयाँ वर्क परमिट नलिएरै उक्त वर्क परमिटले काम चलाउन सक्नुहुनेछ ।

यदि तपाईले वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क र आवेदन शुल्क वा दुईमध्ये एक तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाईले शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर आवेदन दिन सक्नुहुनेछ । तर शुल्क मिनाहाका लागि ल्याइएको नयाँ प्रावधान अनुशार सरकारी सुविधा लिएका कागजातमात्र पेश गर्दैमा शुल्क मिनाहा हुँदैन ।

२०२१ जनवरी ४ सम्म थपियो नेपालसहित ६ मुलुकका टीपीएस वाहकको वर्कपरमिट लगायतका कागजातको म्याद

यदि तपाईको वर्क परमिट आवेदन पेन्डिंग अवस्थामा छ भने तपाईले स्वत नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नुहुनेछ, नयाँ आवेदन दिन आवश्यक हुनेछैन । पुरानै वर्क परमिटले काम गर्ने भएपनि सरकारका कतिपय निकायमा बुझाउन असहज हुनसक्ने, सधै फेडरल रजिस्टरमा प्रकाशित सुचना बोकेर हिड्न असहज हुने, ड्राइभर लाइसेन्स वा स्टेट आईडीको म्याद थप्ने क्रममा झन्झट हुनसक्ने, रोजगारदातालाई बुझाउन झन्झट हुनसक्ने वा रोजगारदाताले अनलाइनमा चेक गर्ने झन्झटका कारण काममा नै नराख्ने जस्ता समस्या आउनसक्ने भएकाले नयाँ म्याद सहितको वर्क परमिटका लागि आवेदन दिन कानुन व्यवसायीहरुको सुझाव छ ।

यदि तपाई वर्क परमिटका लागि आवेदन दिन चाहनुहुन्न भने यो सुचना प्रिन्ट गरेर बोकेर हिड्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com