वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ, घरै पिच्छेका महिला उद्यमी


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

–देवराज सुवेदी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ ।

घरको काम र खेतीपातीबाट बचेको समय उहाँले गलैँचाको तानलाई दिने गर्नुभएको छ । शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा उहाँले यो पेशालाई व्यावसायिक बनाउनुभएको हो । घरमै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैँचा बुन्न सकिने भएकाले यो पेशाप्रति रुचि बढेको उहाँ बताउनुहुन्छ । “पढाइ गर्न सकिएन, अरु सीप पनि नजानेकाले अहिले यसैमा सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “यो काम बुढ्यौली उमेरसम्म गर्न सकिन्छ, मर्ने बेलासम्म पनि कमाउन सक्छु जस्तो लागेर यो काम रोजेँ ।”

एउटा गलैँचा बुन्न १५ दिनजति समय लागने माइली बताउनुहुन्छ । “यो सीप सिकेर घरबार धानेकी छु”, उहाँ भन्नुहुन्छ, “सामान्य गलैँचा बेचेर पनि मासिक रु ४० हजारसम्म आम्दानी हुन्छ ।” वर्ष दिनदेखि शुरु गरेको गलैँचा बुन्ने कामबाट सहजै घर खर्च धान्ने आम्दानी हुने भएपछि उहाँ थप हौसिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अरू सीप केही जानिँदैन्, यसैले आत्मनिर्भर बनाएको छ”, उहाँले भनिन् । माइली तामाङ गलैँचा बुनेर महिनामा १७ हजार कमाइ हुने सुनाउँछिन् । “घरको सबै काम भ्याएर यो काम गर्न सकिन्छ”, उहाँले भनिन् । व्यावसायिक कृषि खेतीमा उत्तिकै सक्रिय माइलीले अरूभन्दा गलैँचा बुन्दा आफ्नो सीप बढेको अनुभव गरेकी छिन् ।

२८ वर्षीया निशा तामाङको पनि दैनिकी गलैँचाकै कारण फेरिएको छ । गएको जेठबाट तानमा बस्न शुरु गर्नुभएको निशाले गलैँचा बुनेर कमाइ बलियो बनाउन सक्ने भइसक्नुभएको छ । “पहिला समय त्यतिकै खेर जान्थ्यो, अहिले यसैले आत्मनिर्भर बनाएको छ”, उहाँले भन्नुभयो, “एउटा गलैँचा तयार गर्न बढीमा महीना दिन लगाउँछु ।”

उहाँले तयार गरेको गलैँचा गाउँमै आएर व्यवसायीले खरीद गर्ने गरेका छन् । त्यसैले पनि काम गरेर बिक्री नहोला भन्ने चिन्ता उहाँमा छैन । माइली र निशा मात्रै होइन शैक्षिक र आर्थिकरुपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैँचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन् ।

घरेलु काम र खेतीपातीबाट बचेको समय गलैँचा बुनेबापतको पारिश्रमिकले यहाँका महिला आत्मनिर्भर बनेका छन् । उनीहरुले यो पेशालाई व्यावसायिक बनाउन समूहमार्फत काम गर्छन् । संस्थागत रुपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरु सङ्गठित बनेका हुन् ।

गलैँचा बुन्ने जनजाति महिलाले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन् । “यही संस्थामार्फत गाउँका महिलालाई सीप प्रदान गर्ने गरेका छौँ”, समूहका कोषाध्यक्ष विष्णुमाया तामाङ बताउनुहन्छ”, “गलैँचा बुन्न रुचि हुनेलाई पहिले तालीम दिलाउँछौँ ।” उहाँले गाउँका महिला गलैँचाबाट सोचेजस्तो आम्दानी हुने थाहा पाएपछि यसतर्फ आकर्षित भएको बताउनुहुन्छ ।

उनीहरुमा यो सीप र जाँगर भने भूकम्पपछिको जीविकोपार्जनको लागि स्थानीय निकायबाट रु एक लाख ६० हजार र सामाजिक संस्था टुकी सङ्घ सुनकोशीले रु ५० हजार रकम उपलब्ध गराएपछि शुरु भएको हो । सो रकमबाट गाउँमा गलैँचा उद्यम शुरु गर्नको लागि तालीम र आवश्यक अन्य कच्चा सामग्री खरीद गरिएको प्रगतिशील महिला उद्यमी समूहले जनाएको छ ।

गलैँचा बुन्नुको सीपप्रतिको आकर्षणले गर्दा यो टोलको झण्डै घरै पिच्छेका महिला उद्यमी बनेका छन् । गलैँचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउनुहुन्छ । गफगाफमा बित्ने समयलाई गलैँचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उहाँको अनुभव छ ।

गलैँचा बुन्ने पेशा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलामा आकर्षण बढेको हो । शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेशामा लागेको उद्यमीको भनाइ छ । गलैँचा बुन्ने उद्यमी बढेपछि यहाँका महिलाले आफँै कारखाना खोल्ने उद्देश्य राखेका छन् ।

घुम्थाङभरका महिलालाई सक्षम बनाउनको लागि गलैँचा बुन्ने सीपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

“जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने क्रम बढेपछि यो गाउँमै रोजगार दिलाउन यो कार्यक्रम शुरु गरिएको हो”, उहाँ भन्नुहुन्छ, “आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नु परेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन पनि यता आकर्षित गरेका हौँ ।”

गलैँचा तयार भइसकेपछि गाउँकै व्यवसायीले बिक्रीका लागि लैजाने गरेको वडाध्यक्ष श्रेष्ठको कथन छ । एउटा सामान्य गलैँचा ३० देखि ४० हजारमा रुपैयाँमा बिक्री हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com