तिहारमा बैतडी पुर्चौडी सिङ्गो गाउँ शोकमा


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो “सबैतिर तिहारको रौनक छ तर यहाँका बोहरा गाउँ भने शोकमा डुबेको छ ।”

रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएपनि गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो । हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका बताइएको छ । बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौंडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले जानकारी दिनुभयो ।

वीरा बोहराका श्रीमती छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएको बताइएको छ । वीरा बोहरा केही महिना अघि मात्रै दाजु भाउजु भेट्ने भनेर पिथौरागढ गएका थिए । मृतक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेका भएपनि उनी घटनापश्चात फरार रहेकी छन् ।

कीर्रा बोहरा भने बझाङ पुगेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । कीर्रा फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उद्धित गर्दै भारतीय प्रहरीले जनाएको छ ।

कीर्रा पहिलाको श्रीमान्लाई छोडेर हरे बोहरासँग बिहे गरेको उनका आफन्तले बताएका छन् ।

स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन् । रोजगारीको लागि भारत गएका युवा विभिन्न समस्या झेल्दै आएका छन् ।

हत्या गरिएका तीनै जना मजदुरमध्ये एकजना कासी बोहराको शव आफन्तले बुझेका छन् भने दुई शव अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हत्याको विषयमा भारतीय प्रहरीसँग सहयोग आदानप्रदान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एकजना प्रहरी सहायक निरीक्षकलाई पिथौरागढ पठाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com