कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका (फोटो फिचर )


प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला कारागारमा रहेका ८३ जना कैदीबन्दीले कारागारभित्र तिहारको भाइटीका लगाएका छन् ।

जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीमध्ये ८३ जनाले आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाइसकेको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ । टीका राख्नका लागि बेलुकासम्म समय मिलाइदिएको शाखाले जनाएको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देश विदेशमा रहनु भएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

 

टीका राख्नका लागि कारागार व्यवस्थापन शाखाले आवश्यक ठाउँको व्यवस्था मिलाउनुको साथै पालोलाई पनि व्यवस्थित गरिदिएको जेलर जङ्गबहादुर राईले बताउनुभयो । टाढाटाढाबाट दिदीबहिनीहरु आएर टीका लगाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदीबन्दीहरु रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com