तिहार विशेष : पशुपक्षीलाई एक दिन पूज्ने, ३६४ दिन मतलब नगर्ने !


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

s’s’/sf] :ofxf/ sf7df8f}F, * sflQs -/f;;_ M ;8saf6 p4f/ u/]/ sf7df8f}Fsf] a’9fgLns07l:yt kz’ :ofxf/ s]Gb|df /flvPsf 3fOt] / c;Qm s’s’/x?sf] cj:yf a’emb} ljgf kGt . t:jL/M gf/fo0f 9’ªufgf

–नारायण ढुङ्गाना

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्काे नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् ।

“यो सब देखावटी नाटक झैँ लाग्छ, एक दिन पूज्ने, ३६४ दिन मतलब नगर्ने, यसरी पूजा गरी माला लगाएको के अर्थ ?” पशु अधिकारकर्मी बीना पन्त प्रतिप्रश्न गर्नुहुन्छ । शनिबारदेखि त्यही दिन देख्नुपर्ने छ भनेर पन्त आजैबाटै चिन्तित हुनुहुन्छ । पशुपक्षीलाई बास्तवमा माया गर्नेले यसरी देखावटी गर्दैनन् ।

केही महीनाअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका तीन दर्जन गाईगोरु सुर्खेतको एक जङ्गलमा मृत अवस्थामा भेटिएको र कैयौँ घाइते देखिएको कारुणिक दृष्यले नै प्रष्ट हुन्छ पशुहरुको अवस्था नेपालमा कस्तो छ भनेर । सच्चा प्रेम गर्नेले हरेक दिन उनीहरुको संरक्षणमा चिन्तित हुनुपर्ने पन्तको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पशुपक्षीप्रति निर्दयीता रोकावट समाज’मार्फत बीना पन्तको समूहले अहिले पशुको संरक्षण अभियान चलाउँदै आउनुभएको छ । संस्कृतिविद् डा गोविन्द टण्डनको संरक्षकत्वमा तथा पशु अधिकारकर्मी विकेश श्रेष्ठको अध्यक्षतामा गठित समाजमा सम्झना आचार्य, शान्ता सुब्बा, रीमा कपाली, बीना पन्त, सञ्जिता खड्का, रीता सुब्बा, नेहा श्रेष्ठलगायतको समूह सक्रिय हुनुहुन्छ । उहाँहरुको संरक्षण केन्द्रमा अहिले पनि ८० वटा कुकुर छ । गाईबाच्छा पनि राखिएको छ ।

सडकमा गाडीले किचेर र रोगले ग्रस्त भएर छटपटाइरहेका पशुहरु यत्रतत्र छन् । यस्तो देख्दा पीडा लागेर आउँछ भन्नुहुन्छ । पन्त । कुकुर त आफैँ सँघेर पनि खानेकुरा खोज्न सक्छ । तर गाईगोरुको पीडा झन डरलाग्दो छ रहेको पशु संरक्षणकर्मीको भनाइ छ । पन्तका अनुसार गाईगोरु बाच्छाबाच्छी सडकमा हुँदा तिनीहरुलाई खाने कुरा हुन्न पौष्टिक खाएर बस्ने गरेका घाइते धेरै हुन्छन् ।

धेरै समय प्लाष्टिक खाएकाले तिनीहरु बाँच्ने सम्भावना कम हुने पशु चिकित्सकको भनाइ छ । पन्तका अनुसार पनि केही वर्षको अन्तरालमा उद्धार गरिएका धेरै गाईगोरु उपचारको प्रयास गर्दागर्दै मरेको छ । सडकमा प्लाष्टिक खाएकाले बचाउन नसकिएको उहाँको भनाइ छ । उहाँको समूहले सडकमा घाइते भएकाको उद्धार र संरक्षण गर्दै आउनुभएको छ । अलि राज्यको ध्यान पशुको क्षेत्रमा जाने हो भने समाधान हामीसँगै छ भन्नुहुन्छ पन्त ।

उहाँहरुको समूहले अहिले ८० कुकुर पालेका छन् । हिजोसम्म राम्रो देखिने गाईबाच्छा, कुकुर आज घाइते हुन्छन् । सबै रातिको समयमा गाडीले ठक्कर दिएको हुन्छ । पछिल्लो समयमा जनावरको अधिकारका बारेमा आवाज उठ्न थालेको छ । संरक्षण केन्द्र पनि बढ्दो क्रममा छ । उपत्यकाको विभिन्न क्षेत्रमा एनिमल नेपाल, स्नेहा केयर, काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर नेपाल, श्री फाउण्डेसनलगायतले गाई, गोरु, कुकुर, बिरालो, गधालगायत जनावरको संरक्षण गर्दै आएको छ ।

उनीहरुले पालेका कुकुर गाडीले हानेर घाइते हुनाका साथै अपा¬ङ्गतासमेत भएका छन् । कुनैको हर चल्दैन, कुनैको शरीरको पछाडिको भाग चल्दैन । साना बच्चादेखि बूढोसम्मका असहाय, अपाङ्ग पशुहरु राखिएको छ । घाउमा किरा परेका कुकुर छन्, खुट्टा कुहिएका छन् सबैलाई ल्याएका छौँ, उपचारपछि धेरै निको पनि भएको छ”, पन्तले आफ्नो अनुभव सुनाउनुभयो ।

पन्तको समूह कुकुरको उद्धारमा नै दिनभर खटिन्छ । सडकमा छाडा छाडिएका हरेक पालुवा जनावरमा मन जान्छ । दिनको धेरैजसो समय सडकसडक दगुर्दैमा बित्छ । कतैबाट फोन आयो भने असहाय पशुहरुको उद्धारमा लाग्ने पन्त बाटोमा हिँड्दै गर्दा असहाय गाई, कुकुर बसेको देख्नेबित्तिकै सके आफ्नै गाडीमा नसके ट्याक्सीमै हालेर पनि केन्द्रमा पु¥याउनुहुन्छ । सडकका बेवारिसे मानवको उद्धारमा समेत उहाँ यसैगरी खटिनुहुन्छ ।

यहाँ पालिएका कुकुरलाई बन्ध्याकरण गरी बलियो बनाएर उसको पुरानै ठाउँमा छाड्ने गरिएको उहाँले बताउनुभयो । असहाय पशुको संरक्षणका लागि डा गोविन्द टण्डनले २७ वर्षअघि पशुपक्षीप्रति निर्दयीता रोकावट समाज नेपाल स्थापना गर्नुभएको थियो । पृथ्वीमा सबै प्राणीले बाँच्न पाउने अधिकार छ । सबैले सबैलाई प्रेम गरौँ मानवलाई पनि माया गर्नुपर्छ र असहाय पशुलाई पनि संरक्षण गर्नुपर्छ भन्ने उक्त संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com