स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रीको आह्वान


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान भएको छ । मन्त्री थापाले आज विज्ञप्ती जारी गर्दै मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा (ख) को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

बर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयन नभईरहेका बेला आफु स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हालेपछि ऐनको उक्त दफा स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा बाधकको रुपमा रहेको महशुस गरी समस्या समाधानका लागि आफुले विभिन्न थप कार्यहरु गरेको उहाँले स्मरण गराउनु भएको छ ।

उहाँले (ख) कार्यान्वयनका लागि पुल दरबन्दी सृजना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको र ऐनको दफा (ख) बमोजिम स्तर वृद्धि भएका स्वास्थ्यकर्मीहरुको दीर्घकालीन समस्या समाधानका लागि ऐन संशोधन गर्ने सैद्धान्तिक सहमति मन्त्रिपरिषदबाट प्राप्त भई ऐन संशोधन मस्यौदा समितिलाई कार्य जिम्मेवारी समेत दिइसकिएको जानकारी दिनुभएको छ ।

आगामी ३ महिना भित्रमा संशोधित ऐनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री थापाले मन्त्रालयबाट भएका यी कार्यहरुलाई स्वागत गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आ–आफ्नो काममा फर्कनुपर्नेमा स्वास्थ्यकर्मीहरुबाटै थप स्वास्थ्य संस्थाहरुमा तालाबन्दी गर्ने, आगामी फागुन २१ र २२ गते संचालन हुने पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारीसाधनहरुलाई अवरोध गर्ने जस्ता अराजक क्रियाकलापहरु भइरहेको सुन्दा आफु अचम्मित भएको जनाउनु भएको छ ।

संसारबाट उन्मुलन हुन लागेको पोलियो थोपा ५ वर्ष मुनीका बालबालिकालाई खुवाउनका लागि मन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीहरुले स्वतस्फूर्त रुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थ्यकर्मीहरुबाट पोलियो थोपा खुवाउने कार्यलाई रोक्ने कुरा कल्पना समेत गर्न नसकिने उहाँको भनाई छ ।

आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक भएको उल्लेख गर्दै मन्त्री थापाले स्वास्थ्य सेवा सरकारको अत्यावश्यक सेवा भित्र पर्ने स्मरण गराउनु भएको छ । साथै ५ वर्ष मुनीका बालबालिकालाई दिइने पोलियो थोपा खुवाउने कार्य रोक्नु संविधान र ऐनको बर्खिलाप हुने तर्क गर्दै उहाँले सामान्य मानवीयताको हिसाबले समेत यो क्ष्यम्य हुन नसक्ने स्पष्ट पार्नु भएको छ ।

मन्त्री थापाले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियो लगायत नागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गर्ने अपेक्षा समेत गर्नु भएको छ ।  स्वास्थ्य संस्थाहरुलाई निर्वाध रुपमा संचालन गर्नु मन्त्रालयको कर्तव्य भएकाले उक्त कर्तव्य पूरा गर्न मन्त्रालयले जुनसुकै कदम चाल्न समेत बाध्य हुने व्यहोरा समेत मन्त्री थापाले अपील गर्नु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com