एनआरएन वडा अध्यक्ष,कर्मचारीका भरमा स्थानीय तह !


प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार

जनप्रतिनिधि नहुँदा कर्मचारीका भरमा स्थानीय तह सुम्पिदा, स्थानीयले सेवा पाएनन् भनेर स्थानीय तहको निर्वाचनबाट गाँउ–गाँउबाट वडा सदस्यदेखि अध्यक्ष, मेयरसम्म चुनिएको धेरै भएको छैन । प्रशासनिकदेखि विकास निर्माणका काममा आफैले चुनेको प्रतिनिधि आएपछि सहज होला भन्ने आशा गरेका पर्वत पैयाँ गाँउपालिका वडा नं.४ का स्थानीयहरु अहिले आफैले चुनेको वडा अध्यक्षको अनुहार गाँउमा कमै मात्र देख्न पाउँछन् ।

वडा अध्यक्ष महेन्द्र श्रेष्ठ जापानमा बस्छन् । जापानमा बस्ने मात्रै होइन, उनी गैर आवसीय नेपाली संघ एनआरएन जापानका नेता समेत हुन् । गाँउमा चुनाव जितेपछि स्थानीयको घरदैलोमा हुनुपर्ने जनप्रतिनिधि अधिकांश समय जापानमा बिताउने गरेका छन् । गाँउपालिका अध्यक्ष खगेन्द्र तिवारीका अनुसार अधिकांश समय अन्य व्यक्तिलाई कार्यवाहक बनाएर उनी विदेशतिर हुन्छन् ।

श्रेष्ठ अहिले काठमाडौंमा जारी गैर आवसीय नेपाली संघ एनआरएनको सम्मेलनमा व्यस्त छन् । विहीबार भएको मतदानको लाइनमा श्रेष्ठ पनि थिए । त्यसपछि हामीले उनलाई भोट हाल्नुभयो भनेर सोध्यौं । आफू भोट हाल्ने लाइनमा उभिएको तर भोट नहालेको बताइरहेको थिए ।

उनले भोट नहालेको दाबी गरेपनि उनले एनआरएन रजिष्टेशनपछि पाइने पास भिरेका छन् । जुन पास लिएर मात्रै मतदान गर्न पाइन्छ । आफ्नो घर काठमाडौंमा भएको र परिवार जापान भएकाले परिवार भेट्न गएको समयमा गलत प्रचार भएको दाबी गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com