काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अहिलेसम्मकै धेरै भिसा जारी


प्रकाशित मिति : फाल्गुन १७, २०७३ मंगलबार

भिजिटर लगायत गैर आप्रवासी भिसाका आवेदकहरु अत्याधिक बढेपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकबर्षमा प्रतिशतका हिसाबले निकै कममात्र भिसा स्वीकृत गरेपनि संख्याका हिसाबले भने अहिलेसम्मकै सबैभन्दा धेरै गैरआप्रवासी भिसा जारी गरेको छ ।

भिजिटरभिसाका आवेदकमध्ये ५० दशमलव ५ प्रतिशतले मात्र भिसा प्राप्त गरेपनि संख्याका हिसाबले भने सन् २०१६ मा अमेरिकाको गैर आप्रवासी भिसा पाउनेहरुको संख्या अहिलेसम्मकै बढी रहेको छ । सन् २०१६ मा मात्र काठमाडौंमा रहेको अमेरिकी दूतावासले २३ हजार ६ सय ७ जनालाई गैरआप्रवासी भिसा जारी गरेको अमेरिकी सरकारको युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

सन् २०१५ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट १९ हजार ४९ गैरआप्रवासी भिसा जारी गरिएको थियो । त्यस्तै सन् २०१४ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट १२ हजार ४ सय ४२ गैरआप्रवासी भिसा जारी गरिएको छ ।

सन् २०१३ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाटबाट ९ हजार २ सय ४७ गैरआप्रवासी भिसा जारी गरिएको थियो भने सन् २०१२ मा ८ हजार ४ सय ३८ गैरआप्रवासी भिसा जारी गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी हेर्दा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट प्राप्त आवेदनका आधारमा स्वीकृत भिसाको प्रतिशत कम भएपनि विगतका बर्षहरुको तुलनामा जारी भिसाको संख्या भने कम नभएको अमेरिकी सरकारको युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकले पुष्टी गरेको छ ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाटै सन् २०१६ मा ६ हजार ४ सय ८३ आप्रवासी भिसा जारी गरिएको छ । सन् २०१५ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट ५ हजार ६ सय ६१ आप्रवासी भिसा जारी गरिएको थियो । त्यस्तै सन् २०१४ मा ४ हजार ९ सय ९६ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट आप्रवासी भिसा प्राप्त गरेका थिए ।

आप्रवासी भिसाको हिसाबले हेर्दा पनि काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट सन् २०१६ मा अहिलेसम्मकै सबैभन्दा धेरै भिसा जारी गरिएको छ ।

यसरी सन् २०१६ मा मात्र काठमाडौंमा रहेको दूतावासले कुल ३० हजार ९० भिसा जारी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com