नयाँ वर्कपरमिट नआउँदासम्म म्याद सकिएका प्रयोग गर्न थप सहज


प्रकाशित मिति : फाल्गुन १७, २०७३ मंगलबार

निश्चित श्रेणीका व्यक्तिले वर्क परमिट नविकरणका लागि आवेदन दिएको अवस्थामा म्याद सकिएको वर्क परमिट पनि थप १८० दिनसम्म प्रयोग गर्नसकिने गरी अमेरिकी सरकारले सहज वातावरण बनाएको छ । वर्क परमिट नविकरणका लागि दिइएका आवेदन प्राप्त भएको सुचनामा म्याद सकिएको पुरानो वर्क परमिट कहिलेसम्म प्रयोग गर्न सकिने भन्ने मिति समेत उल्लेख गरिने भएको छ ।

पुरानो वर्क परमिट कहिलेसम्म प्रयोग गर्न सकिने भन्ने मिति उल्लेख नगरी आवेदन प्राप्त भएको सुचना पठाइसकिएकाहरुको हकमा समेत मिति उल्लेख गरेर नयाँ सुचना पठाउन थालिएको युएससीआईएसले जनाएको छ । यसो हुँदा अब वर्क परमिटको म्याद सकिएका तर नविकरणको लागि आवेदन दिएर नयाँ वर्क परमिट प्राप्त नगरिसकेकाहरुले युएससीआईएसले प्रदान गरेको रिसिप्ट रोजगारदातालाई देखाएर म्याद सकिएकै वर्क परमिटबाटसमेत ६ महिनासम्म काम गर्न पाउने भएका छन् ।

गत जनवरी १७ देखि लागु हुनेगरी युएससीआईएसले वर्क परमिट नविकरणका लागि आवेदन दिनेहरुका म्यादसकिएका पुराना वर्क परमिट ६ महिनाका लागि स्वत नविकरण हुने प्रावधान ल्याएको थियो । तर म्याद सकिएको वर्क परमिट स्वत नविकरण भएको प्रमाण रोजगारदातालाई पेश गर्न नसक्दा वर्क परमिटको म्याद सकिएकाहरुलाई मुस्किल भएको थियो । अब भने युएससीआईएसले म्याद सकिएको वर्कपरमिट कहिलेसम्म प्रयोग गर्न पाइने भन्ने म्याद सहितको रिसिप्ट पठाउने भएपछि निकै सहज हुने भएको छ ।

युएससीआईएसले भनेको छ – ‘सन् २०१६ को जुलाई २१ देखि सन् २०१७ को जनवरी १७ सम्म वर्क परमिट रिन्युका लागि आवेदन दिएका तर आवेदन स्वीकृत नभएकाहरुका हकमा सन् २०१७ को फरबरी १६ देखि लागु हुनेगरी युएससीआईएसले रिसिप्ट नोटिस जारी गर्न थालेको छ । आवेदकहरुले उनीहरुको म्याद सकिएको वर्क परमिटसहित पुन जारी गरिएको रिसिप्ट नोटिस रोजगारदातालाई देखाएर आफू कामगर्न योग्य रहेको प्रमाणित गर्न सक्नेछन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमको आवेदन पेन्डिंग रहेकाहरु, एसाइलम स्वीकृत भएर ग्रिनकार्ड पाइनसकेकाहरु, ग्रिनकार्डका लागि आवेदन दिएर निर्णय कुरेकाहरु लगायतका व्यक्ति यसका लागि योग्य हुनेछन् । टीपीएसका लागि आवेदन दिएकाहरुका हकमा भने फेडेरल रजिस्टरको नोटिसमार्फत पहिले नै ६ महिनाको लागि म्याद थपिएको सुचना पाइसकेकाले नयाँ रसिद जारी नगरिने युएससीआईएसले जनाएको छ ।

तस्विरमा वर्क परमिटको नमुना

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com