न्युयोर्कमा सोमबार नै लगाइयो दशैंको टिका, नेपालमा मंगलबार


प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार

अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले न्युयोर्कमा दशैंको टिकाको साइत स्थानीय समय अनुशार सोमबार विहान ११ बजेर २१ मिनेटमा तय गरिएपछि न्युयोर्कमा सोमबार नै दशैंको टिका लगाइएको छ । रिजउडमा रहेको दुर्गामन्दिरमा सोमबार विहानैदेखि टिका थाप्नेहरुको उपस्थीति रहेको थियो ।

कतिपयले भने नेपालमा टिका लगाइसकेपछि मंगलबारमात्र टिका लगाउने बताएका छन् । अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिका अनुशार अमेरिका , बेलायत र क्यानडामा सोमबार नै टिकाको साइत रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार नेपालमा भने असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको साईत उत्तम रहेको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।

न्युयोर्क समय अनुशार मंगलबार विहान सबेरै नै दशमी तीथि समाप्त हुने भएकाले अमेरिकामा यसबर्षको दशैंको टिका सोमबार नै लगाउनुपर्ने अवस्था आएको न्युयोर्क निवासी पण्डित उद्धव शास्त्रीले जानकारी दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सधैको दशैंमा यस्तो अवस्था नआउने र नेपालमा दशैंको तीथि मंगलबार साँझ समाप्त हुने भएकाले सोही अनुशार गणना गर्दा अमेरिकामा दशैंको टिका सोमबार नै लगाउनुपर्ने अवस्था आएको शास्त्रीले बताउनुभयो । न्युयोर्कमा मंगलबार दशैंको टिका लगाएमा त्यो एकादशीको दिन पर्ने उहाँको भनाई छ ।

नेपालमा दशमी तीथि सोमबार बेलुकादेखि सुरु हुनेछ । र मंगलबार साँझ सम्म कायम रहनेछ । न्युयोर्कमा स्थानीय समय अनुशार सोमबार विहान ११ बजेर २१ मिनेट जाँदा दशैंको टिका लगाउने शुभ साइत रहेको शास्त्रीले जानकारी दिनुभयो ।

दशैंको टिका दशमी तीथि सुरुवात भएदेखि पूर्णिमासम्म समेत लगाउने चलन रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com