कानुनको सर्वोच्चता स्थापित गराउँदै सर्बेन्द्र, गृहमन्त्रीका भाईदेखि सभामुखसम्मलाई खोरमा


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

नेपालप्रहरीको प्रमुखका रुपमा सर्बेन्द्र खनालले जिम्मेबारी सम्हालेको डेढबर्ष पूरा हुँदैछ । यो अवधिमा खनालको नेतृत्व आइसकेपछि नेपाल प्रहरीले कैयन महत्वपूर्ण उपलब्धीहरु हासिल गरिसकेको छ ।

कैयन दवाव र चुनौतीकाबीच पनि कानुनको सर्बोच्चता स्थापित गराउनका लागि खनालले गरेको पहल प्रशंसनीय देखिन्छ । एकाध घटनाको टुंगो लगाउन नसकेपनि खनालको नेतृत्वमा तस्करी नियन्त्रण, अपराध नियन्त्रण, हतियार नियन्त्रण लगायतका सन्दर्भमा भएको उपलब्धीलाई कम मूल्यांकन गर्न मिल्दैन ।

पछिल्लो समयमा खासगरी तीनवटा सन्दर्भमा सर्वेन्द्र खनालले देखाएको हिम्मत उल्लेखनीय रहेको छ । ती घटनाका कारण कानुन सबैका लागि बराबरी हुने कुरा स्थापित गराउनमा उनी निकैहदसम्म सफल भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेलिभिजनकर्मी रवि लामिछानेदेखि गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापाहुँदै कृष्णबहादुर महरासम्मलाई पक्राउ गरेर खनालको नेतृत्वमा नेपाल प्रहरीले कानुनभन्दा माथि कोही नहुने कुरालाई एकहदसम्म स्थापित गरिदिएको छ । पहुच, सोर्स फोर्स नहुनेहरुलाईमात्र कानुन लाग्ने र अरुलाई नलाग्ने मानसिकता ब्यापक बन्दै गएको सन्दर्भमा खनाल नेतृत्वको नेपाल प्रहरीले जतिसुकै राजनीतिक पहुच भएपनि कानुनको नजरमा सबै समान हुने कुरालाई जनस्तरसम्मै स्थापित गराउन सफल भएको छ ।

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा गृहमन्त्री थापाका साईला भाई नरेश थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भारतबाट पक्रेर ल्याउन सफल भएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवन जिल्ला प्रहरी र काठमाडौं प्रहरी परिसरको टोलीले लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको थियो । यही प्रकरणमा कलंकीबाट नर्स अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पछिल्लो हाइप्रोफाइल प्रकरण अन्तरगत यौन दुर्व्यवहारको आरोप लागेपछि गत हप्ता सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ। यसअघि काठमाण्डू जिल्ला अदालतले उनलाई पक्रेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखको सरकारी निवास पुगेको थियो। गत आइतवार संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर दुब्र्यबहार गरेको आरोप लगाएकी थिइन्।

यी तीनवटै चर्चित र हाइप्रोफाइल प्रकरणमा प्रहरी प्रमुख खनालले सामना गर्नुपरेको दवाव सर्वसाधारणले पनि आँकलन गर्न सकिने विषय हो । तर ती सबै दवावको सामना गर्दै कानुनी सर्बोच्चता स्थापित गराउन प्रहरी प्रमुख खनालले चालेको कदमले सर्वसाधारणमा कानुनी राजप्रति आशा र विश्वास जागेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com