अराजक बन्दै विद्यार्थी


प्रकाशित मिति : फाल्गुन १६, २०७३ सोमबार

क्याम्पस विद्यार्थीकै लागि हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको पठनपाठन थप व्यवस्थित बनाउन गठन गरिएको हो। विद्यार्थी क्याम्पसमा सक्रिय हुनु पठनपाठन लिकबाट बाहिर जान नदिनकै लागि हो। तर यतिखेर यही वृत्त तोडेर विद्यार्थी आफूले अध्ययनरत कलेजमा आगजनी, अपहरण, तोडफोड र भिडन्तमा उत्रिएका छन्।

स्ववियु निर्वाचनका क्रममा भइरहेको उद्ददण्ड क्रियाकलापका कारण स्ववियु आवश्यक छ या छैन भन्ने बहस सुरु भएको छ।

शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यार्थीको अराजक क्रियाकलापका कारण स्ववियुकै औचित्यमाथि प्रश्नचिह्न खडा भएको बताए।

उनका अनुसार विद्यार्थी नेतृत्वको काम कलेजमा पठनपाठन सुधार र विद्यार्थीको हकहितका लागि आवाज उठाई कलेज प्रशासन, विश्वविद्यालय र विद्यार्थीबीच समन्वय गर्ने हो।  ‘शिक्षक अपहरण, आगजनी र तोडफोड गुन्डाले गर्ने काम हो, विद्यार्थीको होइन’, उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दिनअघि नेपाल कमर्स क्याम्पस मीनभवनका विद्यार्थीले तोडफोड र आगजनी गरे। शनिबार रत्नराज्यलक्ष्मी कलेजका नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच स्ववियुका विषयमा विवाद बढेर झडप र आगजनी भयो। शंकरदेव कलेजमा पनि तिनै संगठनका विद्यार्थीबीच झडप भयो।

एक साताअघि विप्लव निकट माओवादीका विद्यार्थी संगठनले विश्वभाषा कलेजका स्ववियु निर्वाचन समितिका सदस्यलाई नियन्त्रणमा लिएका थिए। शनिबार बानेश्वर बहुमुखी क्याम्पसका प्रमुखलाई कक्षा ११ र १२ का विद्यार्थीले कलेजको स्ववियु निर्वाचनमा भोट हाल्न पाउने मागसहित नियन्त्रणमा लिएका थिए।

त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते निर्वाचन मिति तोकेलगत्तै विद्यार्थी संगठन अराजक गतिविधिमा संलग्न हुनुमा दलका नेता नै दोषी देखिएको माथेमाको ठहर छ। उनले भने, ‘विद्यार्थीलाई नेताले दलगत स्वार्थका लागि दुरुपयोग गरिरहेका छन्’, शिक्षाविद् माथेमाले भने, ‘विद्यार्थीको बुई चढेर राजनीति गर्ने?’

विद्यार्थी अराजकताका कारण त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गएको माथेमाले बताए। उनले भने, ‘सबै दल खुला राजनीतिमा छन्। त्यसैले पार्टीसँग संलग्न भई खुलेका संघसंगठन र स्ववियुको औचित्य  छैन।’

उनले आफूले  २०४६ सालमै विद्यार्थी नेताहरू अलि अराजक भएपछि दलका नेतालाई सचेत गराएको स्मरण गरे।

उनले भने, ‘विश्वविद्यालय एउटा तलाउ हो। यसमा स्वच्छ पानी आवश्यक छ। यस्तो हुन नदिन विश्वविद्यालयका विभिन्न दलका कठपुतली विद्यार्थीले बाटो रोकेका छन्।’ यसले गर्दा विश्वविद्यालयमा ८० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेको नतिजाले देखाएको उनले स्पष्ट पारे।

‘अब हरेक कलेज र केन्द्रीय क्याम्पसमा कक्षाबाट नेतृत्व छनोट गरी विद्यार्थीको सरकार अर्थात् विद्यार्थी परिषद् बनाउनु हितकर हुन्छ,’ शिक्षाविद् माथेमाले भने, ‘एउटा उपकुलपतिले मधेसी, कांग्रेस, माओवादी केन्द्रलगायत कति दलका विद्यार्थीसँग डिल गर्ने? कतिलाई कति पैसा दिने? कसरी विश्वविद्यालय चलाउने उसको चार वर्ष यसैमा बित्ने भयो।’ यसले समग्र विश्वविद्यालयलाई ध्वस्त बनाई गरिबका बालबच्चालाई उच्च शिक्षाको पहुँचबाट पछि पार्ने काम मात्र गरेको उनको निष्कर्ष छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरले विश्वविद्यालयका विद्यार्थीमा पठन संस्कृतिभन्दा पनि दलको झन्डा बोक्ने कुसंस्कारले विश्वविद्यालय शिक्षालाई ध्वस्त बनाउँदै गएको बताए।

स्ववियु निर्माण विद्यार्थीको हितका लागि भएको तर अहिले यसले दलको हितमा काम गरिरहेको उनको भनाइ छ। ‘कलेजमा राजनीति गरेकाहरू नै दलमा माथिलो तहसम्म पुग्ने भएकाले कलेजमा राजनीतिक पार्टीको प्रभुत्व भएको पाइन्छ’, निर्देशक थापामगरले नागरिकसँग भने, ‘विद्यार्थीले मार्यादामा रहेर शान्तिपूर्ण तरिकाले तेतृत्व छान्ने वातावरण बनाउनै सकेनन्।’

अर्का शिक्षाविद् तीर्थ पराजुलीले चार दशकअघि कलेजमा स्ववियुबारे विद्यार्थीबीच छलफल र विचारविमर्श हुने गरेको स्मरण गरे। अहिले विद्यार्थी विचारविमर्शको सट्टा झैझगडा, आगजनी र तोडफोडमा उत्रिएको भन्दै उनले दुःख व्यक्त गरे।

‘अहिले स्थानीय चुनाव घोषणा भयो’, शिक्षाविद् पराजुलीले नागरिकसँग भने, ‘यस कारण राजनीतिक दलले आफ्नो अस्तित्व जोगाउन विद्यार्थीलाई प्रयोग गरिरहेका छन्।’ स्ववियु विद्यार्थीको हकभन्दा दलबाट परिचालित रहेको उनको ठम्याइ छ। उनले भने, ‘त्यसैले अब दलका नेतालाई प्रशिक्षित गर्नुपर्छ।’ कलेज तोडफोड, आगजनी र झडप हुनुमा विद्यार्थी संगठन एकअर्कामाथि दोषारोपण गर्छन्।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले कलेजमा तालाबन्दी, तोडफोड र आगजनीजस्ता अराजक गतिविधि हुनुमा नेविसंघ दोषी रहेको आरोप लगाइन्। चुनाव  हार्ने त्रासका कारण नेविसंघले सबैतिर बिथोलिरहेको आरोप लामाको छ।

‘स्ववियु शैक्षिक मुद्दा उठान गर्ने, विद्यार्थीलाई समेट्ने  र शैक्षिक समस्या समाधानको एकीकृत थलो हो,’ उनले भनिन्, ‘तर नेविसंघका साथीहरूले कलेजमा तोडफोड र आगजनी गरी चुनाव बिथोलिहरनुभएको छ।’ शिक्षण संस्थामा अराजक गतिविधि गर्नेलाई पक्राउ गरी कानुनी दायरामा राखेर कारबाही गर्नुपर्ने माग उनको छ।

माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेले कलेजमा आगजनी र तोडफोड गर्नुलाई अराजक गतिविधिको संज्ञा दिए। उनले यस्ता गतिविधिले विद्यार्थी संगठनलाई समेत बदनाम गर्ने बताए।

‘क्रान्तिकारी विद्यार्थी संगठन बन्दहडताल र आगजनीको पक्षमा छैन। हामी स्ववियु चुनावका पक्षमा छौं’, अध्यक्ष न्यौपानेले भने, ‘अराजकताले विद्यार्थीमा गलत संस्कार दिइरहेको छ, यसले समग्र शिक्षालाई ध्वस्त बनाउँछ।’ उनले पनि अराजकता मच्चाउनेमाथि कारबाही गर्नुपर्ने बताए।

अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माका अनुसार शनिबारसम्म ६१ आंगिक मध्ये २१ वटा कलेजमा उम्मेदवारी दर्ता भएको छ। अन्य कलेजमा नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियुको तालाबन्दीले उम्मेदवारी दर्तामा समस्या भएको छ। विश्वविद्यालयले शनिबारको उम्मेदवारी दर्तालाई सोमबारसम्म गर्न नयाँ तालिका सार्वजनिक गरेको निर्देशक थापामगरले जानकारी दिए। नागरिक दैनिक/रुबी

राैनियार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com