झरीले खुम्च्यायो रहर


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

–टीका खतिवडा

“न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै ग¥यो”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै थप्नुहुन्छ, “दशैँ पनि पूरै हिलाम्ये हुने भयो ।” वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दशैँ सँगैको झरीले राम्रो गरेको छैन ।

उहाँले भनेजस्तै तीन दिनअघि देखि निरन्तर परेको पानी न ठूलै पर्न सकेको छ, न त उग्रेर घाम नै लागेको छ । तर, निरन्तर पानी परिरहेका कारण स्थानीयवासीको नियमित काम प्रभावित भएको छ । दशैँ लागेसँगै बाहिर रहेका परिवार भेला हुने, आफन्तकामा जाने, घुम्ने अनि रमाइलो गर्ने धेरैको सोच हुन्छ । तर, पानीले त्यस्तो सोचलाई भने खुम्च्याउनुपर्ने अवस्थामा पु¥याएको छ । दशमीको दिनदेखि टीका र आशीर्वाद थाप्न जान पानीले दिन्छ या दिँदैन भन्नेमा वृद्धा पोख्रेल चिन्ता गर्नुहुन्छ ।

इलाम नगरपालिका–६ कै गङ्गा दहाल (थपलिया) पनि पानीले दशैँ सोचे जति राम्रो हुन्छ या हुँदैन भन्नेमा चिन्तित हुनुहुन्छ । दशैँ शुरु हुँदा पानी परिरहेकाले उहाँलाई दशैँभर पानी परिरहन्छ भन्ने चिन्ता छाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो समय जिल्लाका पर्यटकीय स्थलहरु घुम्न जाने र परिवारसँग रमाइलो गर्ने सोच पहिल्यैदेखि बनेको बताउने उहाँ पानीकै कारण घरबाहिर निस्कनै नसकेको बताउनुहुन्छ । प्रायः दशैँ आउनुअघि देखि नै मौसम सफा हुने र घाम लाग्ने गर्दथ्यो तर यस वर्ष जबजब दशैँ भित्रिन थाल्यो उतिउति पानी परिरहन्छ । उहाँले भन्नुभयो, “पानीले धेरैले सोचेका र आँटेका कामहरु गर्न सकिरहेका छैनन् ।”

विद्यालय छुट्टी भएपछि सदरमुकाममा बसेर अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकशिक्षिका गाउँ गाउँ जानुपर्ने हुन्छ । दशैँ मनाउन काठमाडाँै बस्ने विद्यार्थीपनि आउन थालेका छन् । सदरमुकामबाट गाउँ जाने गाडी नजाँदा समस्या भएको उहाँहरुको भनाइ छ । सवारी नचल्दा बिरामी पर्दा एम्बुलेन्स जाने सडक छैन । यसले स्थानीयवासीको दैनिकी निकै कठिन हुँदै गएको छ ।

काठमाडौँबाट दशैँ मनाउन नै आउनुभएका इलाम देउमाई नगरपालिका–२ का सोमनाथ सुवेदी गाउँमा गाडी नजाने भएपछि चिन्तित हुनुहुन्छ । सामान लिएर कसरी घर पुग्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

यता चाडपर्वमा मान्छे बोक्न नपाउँदा गाडीले कमाउन नसकेको सवारी व्यवसायी बताउँछन् । व्यवसायीले गाडी गाउँमा नजाँदा पक्की सडकभरि मात्र सवारी कुदाइरहेका छन् । यसले गर्दा सोचे जति र हुनुपर्ने कमाई नहुँदा किस्ता तिर्न नसकेको बताउने गरेका छन् ।

निरन्तर परेको झरीले गाउँजाने प्रायः सडक हिलाम्ये भएर गाडी नै गुड्न सक्ने स्थितिमा छैनन् । कतै सडक नै अवरुद्ध छन् । कतै जोखिम हुन्छ भन्ने भयले गाडी नै कुदाइएको छैन । जिल्लाको सोयाङ, माबु, माईमझुवा, एकतप्पा, फाकफोक, साबजुङ, तपेवा लगायतका स्थानमा गाडी जान सकिरहेका छैनन् ।

गाडी जान नसकेका कारण दैनिक उपभोग्य सामान भित्र्याउन समस्या भएको स्थानीयवासीको भनाइ छ । उनीहरुले हिउँद लागेपछि दशैँलाई सामान लैजाने सोच बनाएपनि सपना अधुरै होला भन्ने चिन्ता छ ।
गाउँमा दशैँ लागेसँगै खाद्य सामग्रीसँगै, लगाउने कपडा र अन्य वस्तु लैजानुपर्ने बाध्यता छ । बर्खादेखि पालेका खसीबोका पनि बजारसम्म पु¥याउन सक्ने स्थिति नभएको गाउँगाउँमा किसानको भनाइ छ ।

यो याम विशेष गरेर अलैँची टिप्ने याम हो । उत्पादन भएको अलैँची सुकाउन नसकिएको किसान रुद्र आचार्यले बताउनुभयो । झरीकै कारण अलैँची सुकाउन नपाउँदा अलैँची कुहिने भएकाले आफूहरुलाई घाटा भएको उहाँको भनाइ छ । मानिसका रहर असीमित हुन्छन् । बर्खायामभरि काम गरेका किसान दशैँका याममा बजार जाने, आफूलाई मन लागेका लुगा कपडा खरीद गर्ने, बजार पसेर मीठो खाने लगायतका सपना अधुरै रहेका छन् । चिया किसानले दिनभर बगानमा टिपेको चिया कारखाना र चिया जोख्ने केन्द्रसम्म पु¥याउन नसक्दा समस्या भएको छ । चिया जोख्ने केन्द्र र कारखाना नपु¥याउँदा चिया डढ्ने, कुहिने र सुक्ने गर्दछ । समयमा चिया पु¥याउन समस्या भएको चिया किसानको गुनासो छ ।

यो सब समस्या भने हिलाम्ये सडक भएकै कारण हो । जताततै खोलिएका सडक व्यवस्थित गर्न नसक्दाका परिणाम गाउँगाउँका जनताले भोगिरहेका छन् । स्थानीय सरकारले सकडको स्तर उकास्न र बाह्रैमास सवारी सञ्चालन हुने गरीे सडक निर्माण गर्न नसकेका कारण यस्तो भएको हो । ग्राभेल र नाली नभएका कारण सवारी सञ्चालन हुन सकिरहेका छैनन् ।

केही वर्षअगाडि जिल्लामा सञ्चालित उन्नति परियोजनाले मर्मत गरेका सडक अहिले पनि सवारी गुड्न सक्छन् । सूर्योदय नगरपालिकाको फिक्कलदेखि माईजोगमाई गाउँपालिकाको नयाँबजारसम्म जाने सडक मर्मत गरेको थियो । उक्त सडकमा हाल सहज गाडी गुडिरहेको छ ।

देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङ, जितपुर सिद्धिथुम्का हुँदै झापा जाने सडक पनि मर्मत गरेको थियो । उक्त सडकमा सवारी गुडिरहेका छन् । केही सडक उन्नतिले मर्मत गरेपछि सहज नै भएपनि अन्य ग्रामीण भेगमा जाने अन्य सडकको स्तर दयनीय छ ।

यता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाअनुमान महाशाखाले पनि अझै करीब एक साता मनसुन सक्रिय रहने बताएको छ । त्यसैले यस वर्षमा दशैँअगाडि गाउँगाउँमा रहेका जनताको गाडी चढ्ने र सामान ढुवानी गर्ने सपना पूरा नहुने जस्तै देखिएको छ ।

देउमाई नगरपालिकाबाट फाकफोकथुम गाउँपालिकाको एकतप्पा जाने सडक पक्की हुँदै गरेकाले बीचको सडक हिलाम्ये भएको देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । पानी परिरहेकाले मर्मतमासमस्या भएको उहाँको भनाइ थियो ।

अन्य गाउँजाने सडक पनि नगरपालिकाले मर्मत गर्ने योजना बनाइरहेको उहाँ बताउनुहुन्छ । प्रदेशसभा सदस्य राम रानाले विकास हुने क्रम चलिरहेको भन्दै क्रमशः सडकको अवस्था सुधार हुँदै गएको बताउनुभयो । उहाँका अनुसार देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङबाट जितपुर हुँदै झापा जाने सडक र मङ्गलबारे बजारबाट गजुरमुखी जाने सडक पक्की गर्न प्रदेश सरकारले काम अगाडि बढाइसकेको बताउनुभयो । उहाँका अनुसार उक्त सडकलगायत अन्य केही सडकका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेका छन् । जिल्लाका अन्य सडकको पनि स्तरोन्नति गरिनेछ । इलाम नगरपालिकाको बरबोटेबाट सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानमा जाने सडक पनि पक्की गर्नका लागि काम अगाडि बढेको बताइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com