नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उहाँले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताउनुभएको हो ।

“वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर नेपाल प्रहरी एक्लैले सुधार गर्न सक्दैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । महानिरीक्षक खनालले बिरामीका लागि चिकित्सक भगवान् भएजस्तै यात्रुका लागि चालक पनि भगवान् नै भएकाले चाडपर्वका समयमा सबैलाई सुरक्षित स्थानसम्म पु¥याउन सम्पूर्ण चालकलाई आग्रहसमेत गर्नुभयो ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्क बनाउन आफ्नो संस्था लागिपरेको बताउनुभयो । “बसपार्कभित्रको ९० प्रतिशत बेथिति हटिसकेको छ, बाँकी बेथिति हटाउन सबैको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा अनलाइन टिकटबाट यात्रा गर्न मिल्ने प्रक्रियाको थालनी गरिने छ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले ट्राफिक व्यवस्थापनमा ट्राफिकले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसैबीच महाशाखाले विगत दुई दशकदेखि देशका विभिन्न भागमा सुरक्षित यात्रा गराउने सात प्रदेशका सात चालकलाई नगदसहित सम्मान गरेको थियो । सोही अवसरमा नेपालका राष्ट्रिय कलाकार बद्री पङ्गेनी, राधिका हमाललगायतले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com