काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्छ ः नेता पौडेल


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई काङ्ग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम’मा उहाँले भन्नुभयो, “वर्तमान सरकार जनताको हितमा काम गर्न नसकेकाले धेरै जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई काङ्ग्रेसले आकर्षित गर्न सक्नुपर्दछ ।”

वरिष्ठ नेता पौडेलले अहिलेको समयमा काङ्ग्रेसका नेता तथा कार्यकर्ता अल्छि भएर बस्न नहुने बताउँदै संविधान निर्माणको नेतृत्व गरेको काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्ने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीमा सिद्धान्तको टुङ्गो नभएकाले ‘सी’ पथको छलफलमा लागेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीभित्र देखिएको समस्या समाधानमा काङ्ग्रेस केन्द्रीय समिति लागेको बताउनुभयो । “खाली भएको भ्रातृ तथा शुभेच्छुक संस्थाले चाँडै पूर्णता पाउँछ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले वर्तमान सरकार सत्ताको दुरुपयोग गरेर गाउँमा रहेका काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिने काममा लागेको आरोप लगाउँदै लमजुङ काङ्ग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य मनकुमारी गुरुङ, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष सुमन बसौलालगायतले स्थानीय तह बलियो भए मात्र पार्टी बलियो हुने भएकाले स्थानीय तह बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com