राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता : शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादमा जोड –


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

“वर्तमान विश्व दोबाटोमा छ, विश्व व्यवस्थाको परिदृश्य अथाह रुपान्तरणमा गएको छ तर विगतका समस्या समाधान भएका छैनन् अनि नयाँँ चुनौती र खतराले जोखिम बढाएका छन्”, मन्त्री ज्ञवालीले भन्नुभयो ।

आय वा अवसर अनि प्रविधि वा क्षमताको असमानता बढिरहेको वास्तविकता विश्व समुदायमाझ उहाँले प्रस्तुत गर्नुभयो । विशाल अर्थतन्त्र भएका देशहरूबीचको द्वन्द्वले आर्थिक मन्दी र अनिश्चितताको जोखिम बढाएको भन्दै मन्त्री ज्ञवालीले त्यसबाट अल्पविकसित, भूपरिवेष्टित र विकासोन्मुख साना टापु राष्ट्र प्रभावित हुने बताउनुभयो ।

जलवायु परिवर्तनका कारण हाम्रो प्रिय धर्तीको दिगोपन र मानवताको भविष्य सङ्कटमा परेको वास्तविकता सुनाउँदै परराष्ट्रमन्त्री ज्ञवालीले जलवायु परिवर्तनका दुष्परिणामबाट अति गरीब देश नै अधिक प्रभावित भएको बताउनुभयो ।

हरितगृह ग्यास उत्सर्जनमा नगन्य योगदान गरेका देशहरू नै असमान, अन्यायपूर्ण परिणामका भागिदार भएका कटु यथार्थ प्रस्तुत गर्दै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश नेपाल जलवायु परिवर्तनको उम्लिदो पात्र बनेको र हिमनदी र हिमताल द्रुत गतिमा सुकिरहेको जानकारी दिनुभयो् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड ले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्ममा हिमालय तथा हिन्दू कुश क्षेत्रका एक तिहाइ हिमनदी पग्लने देखाएको भन्दै मन्त्री ज्ञवालीले जलवायु परिवर्तजनित विपत्तिले हरेक वर्ष आपत् निम्त्याउन थालेको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका दुष्परिणामप्रति अति गम्भीर र सचेत रहेको नेपाल सरकारले आगामी चैतमा जलवायु परिवर्तनसम्बन्धी विश्व संवाद कार्यक्रम आयोजना गर्न लागेको जानकारी उहाँले दिनुभयो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com