अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।
नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने जनाएको छ ।
‘सरकारले स्याटेलाइट राखे हामी त्यसलाई प्रयोग गर्छौं,’ डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले भने,‘तर सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट हाम्रा लागि प्रविधिक रुपम उपयुक्त हुन्न । यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौं । प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोध गरेका छौं ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।