आलेख ः पर्यटकीय गतिविधि बढे


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

ljZj ko{6g lbj;df–k~r]afhf sf7df8f}F, !) c;f]h -/f;;_M $)cf}F ljZj ko{6g lbj;sf cj;/df sf7df8f}Fdf z’qmaf/ cfof]lht k|eftkm]/Ldf ;xefuL dlxnfx?sf] 6f]nL k~r]afhf ahfpFb} . tl:a/M k|bLk/fh jGt

– निरा गौतम
रुपन्देही, १० असोज (रासस) ः प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ ।
प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि विभिन्न गतिविधिहरु शुरु भएका छन् । लुम्बिनी आउने पर्यटक २० लाख पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको लुम्बिनी भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारले हरेक महीना यहाँका बौद्ध गन्तव्यहरुमा दीप प्रज्ज्वलन, साँस्कृतिक झाँकीहरुको प्रदर्शनीगायतका कार्यक्रमहरु गर्दैआएको छ । त्यसबाहेक लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राममा हरेक पूर्णिमाको साँझ पूर्णिमा उत्सवका कार्यक्रम गर्न प्रदेश सरकारले आव्हान गरेको छ ।
लुम्बिनी भ्रमण वर्षको सन्दर्भ पारेर प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरु प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, गुल्मीको रिडी र रेसुङ्गा, रोल्पाको जलजला र थवाङ, पाल्पाको रानीमहल, दाङको धारापानी र रिहार, बाँकेको बागेश्वरी र बर्दिया राष्ट्रिय निकुञ्जको प्रचारप्रसार तथा प्रवद्र्धनका कार्यक्रम बनाइएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताउनुभयो । उहाँका अनुसार भ्रमण वर्षको सन्दर्भ पारेर लुम्बिनीसहितका बौद्ध गन्तव्यहरुको जानकारीका लागि ब्रोसर तथा प्रदेश ५ का सबै पर्यटकीय क्षेत्रहरुलाई समेटेर पर्यटन गाइड बुक प्रकाशन गरिएका छन् । त्यसबाहेक भ्रमण वर्ष अवधिभर १२ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी भ्रमण वर्षको घोषणासँगै लुम्बिनी र आसपासका बौद्ध गन्तव्यहरुमा पर्यटकहरुको चहलपहल बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।
ईसापूर्व ६२३ मा यहाँको लुम्निीको पवित्र बगैंचामा मायादेवीको कोखबाट महामानव गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरिका बुद्धमार्गी र शान्तिप्रेमीहरुका लागि पवित्र गन्तब्य हो । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । लुम्बिनी भ्रमण वर्ष घोषणापछि लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकहरुकोे सङ्ख्या बढेको कोषको सूचना शाखाले जनाएको छ । कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार भ्रमण वर्ष घोषणा भएयताका चार महीनाको अवधिमा १०६ मुलुकका पर्यटकहरु लुम्बिनी आएका छन् ।
पछिल्लो ४ महीनामा मात्र दुई लाख ६९ हजार ७४४ स्वदेशी, २३ हजार ७३२ विदेशी र ५८ हजार ८४४ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा एक लाख ५४ हजार ४९३ स्वदेशी, २६ हजार ८१५ विदेशी र ४६ हजार ६०८ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए जब कि यी ४ महिना लुम्बिनी घुम्नग अनुकूल मानिँदैन । अत्यधिक गर्मी र त्यसपछि वर्षात्का कारण जेठदेखि भदौसम्म लुम्बिनी आउने पर्यटकको सङ्ख्या हरेक वर्ष निकै कम हुने गरेको छ । कोषका अनुसार यस वर्ष बौद्ध राष्ट्रसहित यूरोप र मुस्लिम राष्ट्रहरुबाट लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्या समेत बढेको छ ।
लुम्बिनी होटल एशोसियशनका अध्यक्ष मिथुनमान श्रेष्ठ विदेशी पर्यटकको सङ्ख्या वृद्धि भए पनि उनीहरुको बसाइ अवधि लम्ब्याउने चुनौती कायमै रहेको बताउनुहुन्छ । भ्रमण वर्षले विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उहाँकोे जोड छ ।
लुम्बिनी बाहेक बुटवलको फुलवारी, सिद्धबाबा, जितगढी किल्ला, हिलपार्क तथा बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, अर्घाखाँचीको सुपा ददेउराली, गुल्मीको रिडी र रेसुङ्गामा पनि स्वदेशी पर्यटकहरुको सङ्ख्या बढेको छ ।

प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष आयोजनाले प्रदेशमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट प्रदेश ५ का अध्यक्ष सागर अधिकारीले बताउनुभयो । उहांका अनुसार स्वर्गद्वारी, सुपा देउराली, रानीमहल र दाङको रिहार घुम्न आउने स्वदेशी तथा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । भौतिक पूर्वाधार निर्माणका काम भने समयमा नसकिँदा पर्यटकहरुलाई सास्ती भएकाले प्रदेश सरकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । “भैरहवा–लुम्बिनी सडक निर्माणको क्रममा रहेकाले आवतजावत गर्न सा¥है समस्या छ,” उहाँले भन्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पनि हरेक वर्ष पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वैशाखयता अत्यधिक गर्मी र वर्षाका कारण पनि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या धेरै देखिएको निकुञ्जका राजश्व फाँटका कर्मचारी सतिश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४-७५ मा १३ हजार ५११ स्वदेशी र ६ हजार ८११ विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकलन भ्रमण गरेका छन् । गत आर्थिक वर्षमा भने यो सङ्ख्या अझै बढेको देखिन्छ । गत आव २०७५-७६ मा १६ हजार २९८ स्वदेशी पर्यटक र २४ हजार ५९८ विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकलन भ्रमण गरेका छन् । यो वर्ष पर्यटन प्रवद्र्धनका गतिविधिहरु बढेका कारण सङ्ख्या अझै बढ्ने निकुञ्जको विश्वास छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र विकास गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँग साझेदारी गर्ने र ग्रामीण पर्यटनमार्फत यस क्षेत्रका लाभलाई जनस्तरसम्म पु¥याउने रणनीति लिएको छ । मन्त्रालयले सबै मौसममा पर्यटकीय क्रियाकलापहरू सञ्चालन गर्न सकिने विभिन्न योजनासमेत बनाएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत टुकराज पाण्डेले भन्नुुभयो – “अब लुम्बिनी घुम्ने सिजन र अफ सिजन नहोस्, सबै मौसममा घुम्न सकियोस् भन्नाका लागि योजनाहरु बनाइएका छन् ।” पर्यटकलाई आकर्षण गर्न विभिन्न जिल्लाहरुमा होमस्टे र खुला रङ्गमञ्च निर्माण तथा थारु कल्चरल भिलेज र पार्क निर्माणका कामसमेत अगाडि बढाइएको छ ।
त्यस्तै, बर्दिया, दाङ्ग, बाँके, पाल्पा र गुल्मीमा होमस्टे प्रवद्र्धनका कार्यहरू सञ्चालन भएका छन् । पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको जितगढी र बर्दियाको ठाकुरद्वारामा साँस्कृतिक डबली, खुल्ला नाट्यघर निर्माणको काम शुरु भएको मन्त्रालयले जनाएको छ ।

पर्यटकीय पदमार्गको अध्ययन, धार्मिक तथा साँस्कृतिक पर्यटकीय केन्द्रको एकीकृत विकास आयोजना निर्माणका लागि अध्ययन थालिएको छ । विभिन्न धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका कार्य शुरु भएका छन् । पछिल्लो समय प्युठानको स्वर्गद्वारी मन्दिर जाने दर्शनार्थीहरुको सङ्ख्या पनि अत्यधिक बढेको छ । आव २०७४÷७५ मा २ लाख ५० हजार र आव २०७५-७६ मा ३ लाख स्वदेशी र विदेशी दर्शनार्थीले स्वर्गद्धारी मन्दिरको दर्शन गरेको स्वर्गद्वारीका प्रहरी इञ्चार्ज हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । स्वर्गद्वारी मन्दिर आउनेमा सबैभन्दा बढी भारतीय पर्यटकहरु छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गरेका कारण पनि यो वर्ष पर्यटकको सङ्ख्या अझै बढ्ने उहाँको अनुमान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राचीन कपिलवस्तु विकास आयोजना र तानसेन दरबारलाई ऐतिहासिक सङ्ग्रहालयको रुपमा विकास गर्ने, तानसेनस्थित पाल्पा दरबारलाई प्रादेशिक सङ्ग्रहालयको रुपमा विकास गर्ने कार्य भैरहेको पर्यटन प्रवद्र्धन महाशाखाले जनाएको छ । यस्तै कपिलवस्तुको जगदीशपुर ताल क्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’ स्थापनाका लागि तयारी थालिएको छ ।
प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको प्रवद्र्धन, प्राकृतिक स्रोेतहरूको संरक्षण एवं दिगो व्यवस्थापनबाट समृद्धि हासिल गर्दै ‘समृद्ध प्रदेश, खुशी जनता’ प्रादेशिक लक्ष्य पूरा गर्न योगदान पु¥याउने दीर्घकालीन सोचका साथ विभिन्न योजना अगाडि सारिएको मन्त्रालयका अर्का अधिकृत गणेश घिमिरेले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com