‘मध्यपुरथिमि सिरिज’


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

sf7df8f}F, $ c;f]h -/f;;_ M eQmk’/sf] dWok’/ lyld gu/kflnsf–& gub]zl:yt wfld{s If]qdf …dWok’/ lyld l;l/hÚ cGtu{t zlgaf/ :ynut lrqsnf sfo{zfnfdf ;xeuL snfsf/x? lrq agfpFb} . t:jL/ M gf/fo0f 9’ªufgf

नारायण ढुङ्गाना/ उपत्यकाका कलाकारहरुको सहभागितामा एक वर्षदेखि शुरु भएको शनिबारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’ शुरु भएको छ ।

ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताको अनुपम क्षेत्र भएकाले यसपटक मध्यपुरथिमि कलाकारको रोजाइमा परेको हो । यहाँ निलवाराही, महालक्ष्मी, कुमारी, सिद्धिगणेश, सिद्धिकाली, दिगुभैरव, राजगणेश, स्वेतभैरव, गुरुगणेश, लोकेश्वर, थासोमा गणेश, बालकुमारी, ताहानारायण, विष्णुवीर, नगदेश बुद्धविहार, इन्द्रायणी, गोरखनाथ, हरिसिद्धि, तलेजु भवानी, नाट्यश्वरी, विन्दवासिनीलगायत धार्मिक तथा ऐतिहासिक क्षेत्र छ ।

कलाको माध्यामबाट सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण, संवद्र्धन र अभिलेखीकरण गर्ने लक्ष्यसहित फेसबुकबाट सम्पर्क भएर कलाकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दीपेन्द्रमान बनेपालीलगायत कलाकारको अगुवाइमा गत वर्षदेखि शुरु भएको ‘स्थलगत चित्रकला कार्यशाला’ पछिल्लो केही महीनादेखि निश्चित क्षेत्रमा सिरिजको रुपमा आयोजना हुँदै आएको छ ।

मध्यपुरथिमि सिरिजको दोस्रो दिन आज कलाकारले नगदेशस्थित सिद्धिगणेश मन्दिरलाई आर्ट पेपरमा जलरङले समेटेका छन् । शनिबार सिरिजको पहिलो दिन बोडेमा कार्यशाला आयोजना गरिएको थियो । जीर्ण भए पछि २०४५ सालमा स्थानीय जोगबहादुर बादेको नेतृत्वमा पुनःनिर्माण भएको झक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित सिद्धिगणेश मन्दिरमा आज स्थलगत चित्रकला कार्यशाला सञ्चालन गरिएको थियो । यहाँ चैत मसान्तको दिनमा र इन्द्रजात्राको समयमा ठूलो जात्रा लाग्छ । बिरामी हुँदा र मनोकामनाका लागि पूजा गर्ने तथा बत्ती बाल्ने प्रचलन रहेको ८३ वर्षीय जोगबहादुरले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ सिद्धिगणेशको सुनौलो मन्दिर छ । काठमा कुँदिएको आकर्षक बुट्टा, आँखीझ्यालसहित विभन्न देवीदेवताका सुन्दर मूर्ति राखिएको छ । मानव बस्तीको बीचमा रहेको यो मन्दिर आसपास लोकेश्वर, अमोघसिद्धि बुद्ध, कृष्ण, महाङ्काल, सिद्धिगणेश, भगवती, भीमसेनलगायत मूर्ति राखिएको छ ।

“पहिले–पहिले हरेक शनिबार कुनै एक ठाउँमा कला सिर्जना गरिन्थ्यो, त्यसले सबै ठाउँ समेट्न सकेन, त्यसकारण हामीले एउटै क्षेत्रमा गहिरिएर अध्ययन गरी चित्रकारिता गर्न सिरिज शुरु गरेका हौँ”, अभियानकर्मी दिवेश प्रधानले भन्नुभयो । उहाँका अनुसार सिरिजका कारण कला निखार्न, सिकाइ आदानप्रदान गर्न र ऐतिहासिक तथा धार्मिक सम्पदाको अभिलेखीकरणका लागि सहयोग पुग्नेछ ।

फेसबुकबाट जोडिएर शुरु गरिएको शनिबारीय कला कार्यशालाको अभियानकै कारण चित्रकारिता छाडेका कलाकार पुनः फर्किएका छन् । नयाँ कलाकारलाई हौसला मिलेको छ भने सिक्ने र सिकाउने क्रम बढेको छ । अर्का अभियानकर्मी राकेशचन्द्र श्रेष्ठ भन्नुहुन्छ, “स्थलगत कला कार्यशालाले एउटा साँघुको काम गरेको छ, यसमा नयाँ र पुराना सबै कलाकार सरिक भएर सिकाइ साट्ने थलो बन्न पुगेको छ, पछिल्लो समयमा यस्तै अभियान जिल्ला–जिल्लामा पनि शुरु भएकामा खुशी छौँ ।” उहाँले आगामी दिनमा आर्ट क्याम्पसँगै अनलाइन प्रतियोगिता गर्ने सोच बनाएको बताउनुभयो ।

आजको कला कार्यशालामा श्रेष्ठ र प्रधानसहित दीपेन्द्रमान बनेपाली, विक्रम र अर्विट प्रजापति, प्रकाश मानन्धर, दिपीन श्रेष्ठ, राजेन्द्रप्रसाद याकामी, रुविन वादे, झलक केसी, राधेश्याम कर्माचार्य, सूर्यराम सुवाल, कान्छाकाजी भासिमा, लक्ष्मीभक्त भासिमा, चन्द्रा श्रेष्ठलगायत कलाकार सरिक हुनुहुन्थ्यो ।

फेसबुकबाटै सम्पर्क भएर बेला–बेलामा विदेशी कलाकारसमेत सहभागी हुने गरेका छन् । एक अष्ट्रेलियाली कलाकार सहभागी भएकाले उहाँकै प्रयासमा केही चित्र अहिले अष्ट्रेलियामा प्रदर्शन भइरहको र यसले नेपालको पहिचन विश्वसामु फैलाउन सहयोग पुगेको बताउनुहुन्छ कलाकार प्रधान ।

यसअघि भक्तपुर सिरिजअन्तर्गत रामायणी, महेश्वरी, चुपिङ्घाट, नागपोखरी, दत्तात्रय, हुमागणेश, नवदुर्गा र दरबार स्क्वायर पुगेर बनाइएका चित्र प्रदर्शनी गरिसकिएको छ । यहाँ १८ कलाकारका ६० भन्दा बढी चित्र समावेश गरिएको थियो । यस्तै ललितपुर सिरिज पनि सम्पन्न भइसकेको छ ।

उहाँहरुले ‘भोटेकोशी सभ्यताको सौन्दर्य’ कार्यशाला गरी पाटन दरबार स्क्वायरमा प्रदर्शनी गर्नुभएको थियो । यस्तै हनुमानढोका, काठमाडौँ र ललितपुरको दरबार स्क्वायर, भक्तपुर, थिमि, टेकु, खोकना, गुहेश्वरी, चोभार, चापागाउँ, साँखु, बुङ्मतीलगायत क्षेत्रमासमेत चित्रकला कार्यशाला भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com