सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)


प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार

संविधान दिवसका अवसरमा आज राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्नुभयो ।
समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभयो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गरिएको थियो ।

त्यहाँ पुगेका खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com