अमेरिकामा ओभरस्टे हुनेलाई तीब्र गतिको डिपोर्ट


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका लागि जारी निर्देशिकाले विभिन्न गैर आप्रवासी भिसामा आएर अमेरिकामा ओभरस्टे हुनेहरुलाई प्रभाव पार्ने भएको छ । यसबाट उल्लेख्य संख्यामा नेपालीहरु पनि प्रभावित हुनसक्ने जनाइएको छ ।

भिजिटर भिसामा आएर अमेरिकामा ओभरस्टे भइसकेका तर कुनै पनि प्रकारको अध्यागमन सुविधाका लागि आवेदन दिइनसकेका व्यक्तिहरु नयाँ निर्देशिका अनुशार तीब्र गतिको डिपोर्टेशनमा पर्नसक्ने भएका छन् । सामान्यतया भिजिटर भिसाको ६ महिनाको अवधि सकिएर भिसाको अवधि नथपिकन बस्नेहरु समस्यामा पर्नसक्ने जनाइएको छ ।

भिजिटर भिसा सकिएका तर एसाइलमका लागि आवेदन दिने तयारीमा रहेकाहरु पनि तीब्र गतिको डिपोर्टेशनमा पर्नसक्ने भएकाले एसाइलमको आवेदन दिन चाहनेहरुलाई यथाशक्य आवेदन दर्ता गराउन कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

कानुन ब्यवसायी ज्यासन जुबोले भनेका छन् – ‘अमेरिकाभित्र आइसकेर एसाइलमका लागि आवेदन दिने तयारीमा रहेका तर नदिएकाहरु यो निर्देशिकाबाट प्रभावित हुनसक्नेछन् । अमेरिकामा कानुनी रुपमा र गैरकानुनी रुपमा अमेरिका छिरेका जोसुकैले पनि यथाशीघ्र एसाइलमका लागि आवेदन दिन सक्षम हुनुपर्छ । अमेरिकामा गैरकानुनी सिमा पार गरेर आएकाहरु र भिसा सकिएकाहरु एसाइलम आवेदन दिनुअगाडि नै पक्राउ परेमा तीब्र गतिको डिपोर्टेशनमा पर्नसक्नेछन् । साथै सिमाक्षेत्रमा समातिएका व्यक्ति आइससमक्ष आत्मसर्पण गर्दासमेत तीब्र गतिको डिपोर्टमा पर्नसक्नेछन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैयन नेपालीहरु अमेरिकामा भिजिटर भिसा सकिएपछि पनि अवधी नथपी बस्दै आएका छन् भने उनीहरुले एसाइलम वा अन्य कुनै अध्यागमन सुविधाका लागि पनि आवेदन दिएका छैनन् । कतिपय ग्रिनकार्ड होल्डर नेपालीका बुबाआमासमेत भिसाको अवधि नथपी सकिएको भिसामा बसिरहेका छन् । सकिएको भिसामा रहेका कतिपयको एसाइलम गर्ने योजना भएपनि कतिपय एसाइलमका लागि योग्य छैनन् । भिसा सकिएको तर एकबर्षभित्र एसाइलम गरे हुने भन्दै एसाइलम फाइल नगरेकाहरु पनि नयाँ निर्देशिकाको निशानामा छन् । जुन २४ २०१५ पछि अमेरिका आउने त्यस्ता नेपालीहरु टीपीएसका लागि पनि योग्य हुँदैनन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com