मन्त्रीको कारण उडान १५ मिनेट मात्रै ढिलो भएको हो– नेपालगञ्ज विमानस्थल


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

शनिबार नेपालगञ्जबाट काठमाडौँ उडान गर्न लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण उड्न ढिलाइ भएको भन्दै केही यात्रुले सँस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराईकै अगाडि गरेको नाराबाजीको भिडियो भाइरल बनेको छ ।

मन्त्री भट्टराईकै कारण उडान एक घण्टा ढिला भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । तर नेपालगञ्ज विमानस्थलले भने १५ मिनेट मात्रै उडान ढिलाइ भएको जनाएको छ ।

मन्त्री भट्टराईले पनि आफ्नो कारण जहाज १५ मिनेट ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति काठमाडौँ फर्किसकेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत क्षमायाचना गरिसक्नुभएको छ । काठमाण्डौबाट उडेको बुद्ध एयरको एटीआर ७२ विमान नेपालगञ्ज विमानस्थलमा सवा ६ बजे अवतरण भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलको रेकर्ड अनुसार सवा ६ बजे अवतरण भएको विमानले ७ बजेर ६ मिनेटमा उडान भरेको छ । विमान अवतरण भएपछि यात्रु र उनीहरुका ब्यागेज झार्न तथा फेरि त्यहाँबाट आउने यात्रु चढाउन र उनीहरुका ब्यागेज हाल्न कम्तीमा पनि आधा घण्टा हरेकजसो विमानमा लाग्ने गरेको विमानस्थलका कर्मचारी बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलका अनुसार शनिबार पनि सवा ६ बजे अवतरण भएको बुद्ध एयरको विमानले यात्रु झार्न र फेरि चढाउँदा बेलुकी झण्डै ६ बजेर ४५ मिनेट भैसकेको थियो । नेपालगञ्जबाट काठमाडौँको उडान ६ः३० का लागि तोकिएको भए पनि जहाज अवतरण गर्नै ढिलाइ गरेपछि उडानको समय पनि पछि सरेको थियो ।

नेपालगञ्ज विमानस्थलका अनुसार मौसम खराबीका कारण काठमाडौँबाट उडान भरेको विमान नेपालगञ्ज अवतरण गर्न ढिलाइ भएको थियो । काठमाण्डौबाट जहाजले उडान भरेपछि बोर्डिङ खुला गर्ने र काठमाडौँबाट उडान भरेको जहाज नेपालगञ्ज अवतरण गर्न कम्तिमा ५५ मिनेट लाग्ने गर्छ ।

बाहिर भनिएजस्तो विमान उड्न एक घण्टा ढिला भएको नभइ मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।‘यात्रुहरुलाई चढाउन र सामान लोड गरेर पौने सात बजेतिर सकिएको र मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको हो’, विमानस्थल स्रोतले भन्यो, ‘टावरकै रेकर्डमा पनि नेपालगञ्जबाट काठमाडौँ ७ बजेर ६ मिनेटमा जहाज उडेको छ ।’

दिउँसो भएको भए उडानमा ढिलाइ नहुने भन्दै अन्तिम उडान भएको र अर्को विकल्प पनि नभएकाले मन्त्रीलाई १५ मिनेट कुर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ ।

मन्त्रीले खजुरा आइपुगेको र केही समय पर्खन भनेकाले उडानको अरु विकल्प नहुँदा १५ मिनेट मात्रै पर्खिएको विमानस्थलले जनाएको छ । मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसैका कारण पनि आफू काठमाडौँ फर्कनैपर्ने दबाबमा रहेकाले बुद्ध एयरसँग आग्रह गरेर केही समय मात्रै उडान ढिला भएको स्पष्ट पारिसक्नुभएको छ ।

मन्त्री भट्टराई कैलालीको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सवको कार्यक्रममा सहभागी भएर फर्कँदा ढिलाइ हुन पुगेको थियो । यसअघि गएको वैशाख २ गते भैरहवाबाट काठमाडौँ आउने क्रममा ढिलाइ हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरले छाडेर उडेको थियो ।

तर मन्त्रीले भोलिपल्टको अर्को विमानमा जाने भनेकाले समयमै उडान भरेको भनेर बुद्ध एयरले त्यस बेला विज्ञप्ति नै जारी गरेको थियो । अहिले मन्त्रीकै कारण उडान ढिलाइ भएको भनेर भिडियो बाहिरिँदा पनि बुद्ध एयरले भने यसबारे कुनै प्रतिकृया दिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com