‘सेल्फी किंग’ हाँस्य कलाकारको बायोपिक
प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार
विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी बाँध्दै ‘सेल्फी किंग’को औपचारिक घोषणा गरिएको छ । यो फिल्मलाई हाँस्यकलाकारको जीवन शैलीमा आधारित रहेर तयार पारिने बताइएको छ ।
त्यस्तै, अभिनेता विपिन कार्कीले फिल्मको कथा आफुसँग पनि मिल्दोजुल्दो रहेको बताउदै भने, ‘यो फिल्मको कथा मसँग पनि अलिअलि मिल्दोजुल्दो छ । फिल्ममा एकजना ख्याति प्राप्त हाँस्यकलाकारको कथा भन्न लागिएको छ ।’ निर्माण टिमका अनुसार, फिल्मले हाँस्यकलाकारकै कथा भन्ने छ । तर, कसको कथा भन्छ भनेर खुलाइएको छैन ।
नेपालमा हाँस्यकलाकार भन्ने बित्तिकै हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, मनोज गजुरेलको नाम अगाडी आउँछ । के यो फिल्म यिनै हस्तिहरुको बायोपिक हो ?