एनआरएनए जापानको अध्यक्षमा भण्डारी निर्वाचित


प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको भर्खरै सम्पन्न मतगनणामा भण्डारी निर्वाचित हुनुभएको हो ।

उहाँले प्रतिस्पर्धी बर्तमान कार्यसमितिका अध्यक्ष टासी वाङदीलामालाई ३४ मतको अन्तरमा पराजीत गर्नुभएको हो ।भण्डारीले ५ सय ८५ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका प्रत्यासी रहेपनि किरण वर्माले उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा जनकबिक्रम शाही र सचिवमा सचिन श्रेष्ठ निर्वाचित हुनुभएको छ भने युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा राजेश खनाल, सुपेन्द्र घिसिङ, महेश कुमार, बाबुराम खराल कटवाल, डिलाराम गैरे, सिवु थापा, जीनकुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइसीसि सदस्यलगायत अन्य केही पदहरुमा भने निर्बिरोध भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com