जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले आइतवार न्यूयोर्कमा आयोजना गरेको १२ औं पटकको रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि हामीले बषौं देखी यसरी रक्तदान कार्यक्रम गर्दै आएका छौं, जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर सभापति रोशन ढुङगानाले भने, रक्तदाताहरु प्रति हामी आभारी छौं, कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पूर्णमा हार्दीक धन्यवाद दिन चाहन्छौ ।
कार्यक्रम संयोजक अनिल राज पाण्डेले समेत रक्तदान जीवनदान भएकाले रक्तदाता सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।