बबरमहल चित्रकला प्रदर्शनीमा एउटै चित्रको मूल्य रु १५ लाख


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

–अर्जुन भुसाल

आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले तयार पारेको एउटै चित्रको मूल्य रु १५ लाख छ । गणेशको चित्रमा विभिन्न आकृति प्रदान गरेर निर्माण गरिएको चित्रले जोकोहीलाई आकर्षित गर्छ । क्यानभासमा अनेकथरी रङको प्रयोग गरी गणेशसँग जोडिएका विभिन्न पक्षलाई उतारिएको छ ।

“करीब डेढ महिनाको समय लगाएर चित्र तयार पारेको हुँ”, सुवालले भन्नुभयो, “मैलै बनाएको चित्र अहिले बिक्री नभए पनि ढिलोचाँडो बिक्री हुन्छ ।” उहाँले यसअघि पनि गणेशको चित्र रु १० लाखमा आफूले बिक्री गरेको बताउनुभयो ।

चित्रकलामा २०२१ सालमा भारतबाट स्नातक र जर्मनीबाट स्नातकोत्तर सुवाल काठमाडौँमै चित्रकलामा अध्यापनरत हुनुहुन्छ । सोमाका अध्यक्ष समेत रहनुभएका उहाँले आधुनिक ललितकलाको विकास र कलाकारलाई एकै ठाउँमा ल्याउनका लागि सोमा गठन गरिएको बताउनुहुन्छ । “पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै संस्थाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ”, उहाँ भन्नुहुन्छ, “पछिल्लो समय ललितकलाले फड्को मारेको छ, यसमा पुरानादेखि नयाँ कलाकारहरुको पनि उत्तिकै भूमिका देख्छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदर्शनीमा विभिन्न कलाकारहरुले तयार पारेका करीब ७० चित्र राखिएको छ । प्रदर्शनीमा मुहारचित्र, भूदृश्य, अर्धमूर्त तथा अमूर्त चित्र प् छन् । अनेकन रङसँग खेली बनाइएका अमूर्त चित्रहरुले पनि दर्शकहरुको ध्यान तानेको देख्न सकिन्छ ।

नेपाली परिवेशका विभिन्न पक्षलाई उतारेर कलाकाले चित्र तयार पारेका छन् । देवीदेवताक ाचित्रले पनि उत्तिकै आकर्षण थपेका छन् ।“नदीनाला, झरना, चराचुरुङ्गी, हिमाल, पहाड, तालतलाउका चित्र हेर्दा प्रत्येक्ष हेरेको अनुभूति भयो”, प्रदर्शनीको अवलोकन गर्न आउनुभएका विद्यार्थी रेशम अधिकारीले भन्नुभयो,“जति हे¥यो उति हेरिरहौँ जस्तोहुँदो रहेछ, निकै आनन्द महसुस गर्न पाएँ ।”

आधुनिक कलाको विकास र प्रवद्र्धनका लागि संस्था गठन गरी काममा लागेको सोमाका महासचिव जीवन राजोपाध्यायले बताउनुभयो । “आधुनिक कलाका बारेमा मानिसहरु अझै पनि अन्योलमा परेको देखिन्छ” उहाँले भन्नुभयो, “नेपाली जनजीवनका विभिन्न पक्षलाई मूर्त अमूर्त ढङ्गले सुन्दर ढङ्गले चित्रमार्फत प्रस्तुत गर्ने कला नै आधुनिक कला हो ।”

देवीदेवताका चित्रबाट नेपाली चित्रकलाको इतिहास शुरु भएको उहाँ बताउनुहुन्छ । “आधुनिकताले प्रवेश पाएपछि चित्रकलाको महत्व झनै बढ्दै गएको पाउन सकिन्छ ।” उहाँले भन्नुभयो । नेपालमा आधुनिक िचत्रकलाले राणाकालमै प्रवेश पाएको जानकार बताउँछन् । जङ्गबहादुर राणासँगै बेलायत भ्रमणमा गएका भाजुमान चित्रकार र दीर्घमान चित्रकारले त्यहाँको आधुनिक चित्रकलाबाट प्रभावित भएर नेपालमा पनि यसको विकासमा जोड दिएको पाइन्छ ।

विसं २०२० पछि मात्र नेपालले आधुनिक चित्रकलामा फड्को मारेको बताइएको छ । “२०१७ सालमा बेलायत भ्रमणमा गएका राजा महेन्द्रले लैनसिंह वाङ्देललाई भेटेर नेपाल बोलाएपछि वाङ्देलले नेपाल आई आधुनिक चित्र कोर्ने र अलाई सिकाउन थाले । वाङ्देलले नेपाल आएपछि थुप्रै विद्यार्थी उत्पादन गरे ।

प्रदर्शनीमा गोविन्द डङ्गोल, हरिबहादुर खड्का, कर्ण मास्के, शान्तकुमार राई, रमा मास्के, चिनीकाजी ताम्राकार, शङे्करनाथ रिमाल, हीरालाल डङ् गोल, हेम पौडेल, श्यामलालश्रेष्ठ, कान्ति न्यौपाने, नरेन्द्रसुन्दर सैंजु, टार्जन साङ्पाङ, रत्नकाजी शाक्यलगायत चित्रकारले निर्माण गरेका चित्र राखिएको छ ।

विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी, सर्वसाधारण, कर्मचारी तथा अन्य क्षेत्रका कलाकार प्रदर्शनीको अवलोकन गर्न आउने गरेको महासचिव राजोपाध्ययले बताउनुभयो ।

सोमाले नेपाली आधुनिक चित्रकलाका विभिन्न पक्षलाई समेटेर ‘समसामयिक नेपाली चित्रकलाः एउटा छुट्टै समूह’ शीर्षक प्रकाशनमा ल्याएको छ । डा यामप्रसादशर्मा द्वारा लिखित पुस्तकमा चित्रकारहरुको जीवनी र आनुनिक चित्रकला क्षेत्रका विभिन्न आयामलाई उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com