काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज गठन


प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार

क़ाभ्रेली बनभोज कार्यक्रमको भेलाले पण्डित उद्धब शास्त्रीको नेतृत्वमा विधिवत रुपमा ११ सदस्यीय काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज न्यूयोर्कको गठन गरेको छ । संस्थाको उपाध्यक्षमा मोहन विष्ट, सचिबमा उद्धबप्रसाद हुमागाई, सहसचिबमा जनक भण्डारी तथा कोषाध्यक्षमा नारायणप्रसाद तिमल्सेनालाई निर्विरोध चयन गरेको छ । त्यस्तै सदस्यहरुमा जगदीश राउत, राजन कर्माचार्य, भगबती कार्की बालकृष्ण थापा, लक्षिन लामा तथा सूर्यमाया श्रेष्ठलाई चयन गरको छ ।

पहिलो कार्यसमितिको बैठकले सल्लाहकार समेत मनोनित गरी विधिन्न टास्क फोर्सको गठन गर्दै, वार्षिक योजना तर्जुमा, काभ्रेली तथा सम्पूर्ण नेपालीहरुलाई सहयोग र सल्लाह उपलव्ध गराउने योजना पारित गरेको छ । क्वीऩ्सको कोरोना पार्कमा आयोजना गरिएको बनभोज कार्यक्रमामा काभ्रे जिल्लाबाट आएर न्यूयोर्क आसपास बसोबास गर्ने करिब ८१ परिवारको उपस्थिती रहेको थियो ।

सर्वसम्मतिबाट चयन भएका संस्थाका अध्यक्ष पण्डित शास्त्रीले काभ्रेली बन्धुहरुमा एक आपसमा जानपहिचान, सुख दुःखमा हातेमालो गर्दै परदेशमा समेत नेपालकै गाऊँ घरमै रहेको अनुभूती गर्दे अमेरीकामा र स्वदेशमा समेत काल्याणकारी कामहरु गर्दै अगाडी बढने उद्देश्य समाजले लिएको तथा समाज अन्य राज्यहरुमा समेत गठन गर्दे सिँगो अमेरीकामा रहेका क़ाभ्रेलीहरूलाई एकै सूत्रमा बाँधने योजना रहेको बताऊँनु भयों एवं संस्थामा सबै लाई आबद्ध हुन समेत आग्रह गर्नु भयों ।

कार्यक्रमलाई बाबुराम लामा, राधाकृष्ण देउजा, महेश मल्ल, अशोक कार्की, ओम प्रकाश ढोडारी नारायण तिमल्सेना मोहन बिष्ट, भगवती कार्की, सूर्यमाया श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएकों थियो भने उद्धव प्रसाद हुमागाईं र जनक भंडारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com