२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
खबर

डोलेश्वर मन्दिरमा किन पुगे मन्त्री भट्टराई

8f]n]Zj/ dlGb/df ;+:s[ltdGqL e§/fO{ sf7df8f}F, @& ;fpg -/f;;_ M eQmk'/sf] 8f]n]Zj/ dxfb]j dlGb/sf] bz{g ug{ k'Ug'ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]z e§/fO{ . ;fpg] ;f]daf/ b]ze/sf lzjfnox?df bz{gfyL{sf] eL8 x'g] ub{5 . t:jL/ M gjLg kf}8]n

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज पुग्नुभएका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यसका लागि आफ्नो तर्फबाट सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो । सो अवसरमा मन्त्री भट्टराईले डोलेश्वर मन्दिरको अवलोकनका साथै पूजाआजा पनि गर्नुभएको थियो ।

सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभयो । उहाँले नगरपालिकाले १० वटै वडामा रहेका शिवालयलाई समेटेर ‘शिव सर्किट’ निर्माण गर्न लागेको बताउनुभयो । घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे ९घरबास० देखि भ्यू टावरसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →