यसरी चिन्नुहोस् अध्यामनका नाममा सकृय ठग


प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेकय छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष धम्याउने र रकममाग्ने गर्न थालेकाले त्यस्ता ठगबाट सचेत हुन कानुन व्यवसायी खगेन्द्र जीसीले अनुरोध गर्नुभएको छ ।

फोनबाट र प्रत्यक्ष कागजपत्रविहिनसँग रकम माग्ने र रकम नदिए डिपोर्टको धम्की दिनेगरी ठगहरु सकृय हुन थालेकाले त्यस्ता ठगबाट बच्न जीसीले खसोखासमार्फत केही टिप्सहरु दिनुभएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको जस्तै देखिने ड्रेस बजारमा किन्न पाइने भएकाले त्यस्तो ड्रेस लगाएका सबै व्यक्ति आइसका एजेण्ट नहुने जीसीले बताउनुभएको छ ।

कतिपय अवस्थामा आइसका अण्डरकभर एजेण्टहरु ड्रेस नै नलगाईकन पनि छापामार्न आउनसक्ने भएकाले डे्रस लगाएको छैन भन्दैमा आइसको एजेण्ट हैन भन्न सकिने अवस्था नरहने पनि उहाँले खसोखासलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘आइस एजेण्टहरु कहिले ड्रेस लगाएर त कहिले नलगाईकन पनि आउनसक्छन् । त्यसैले त्यो व्यक्ति आइसको एजेण्ट हो वा होइन भन्ने थाहा पाउन उनीहरुलाई आईडी देखाउन अनुरोध गर्नुपर्छ ।’

कोही व्यक्तिले आफू आइसको अण्डरकभर एजेण्ट हुँ भन्यो भन्दैमा उसले भनेको सबै कुरा तुरुन्तै मान्नुपर्छ भन्ने जरुरी नभएको र मागेको सबै कुरा फटाफट दिन पनि जरुरी नभएको उहाँले जानकारी दिनुभयो । सरकारी एजेण्टहरु भएमा उनीहरुले ब्याज र आईडी देखाउने भएकाले कसैले ब्याज र आईडी नदेखाएमा त्यसको लागि आग्रह गर्न जीसीले सुझाव दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको भिजिटिङ कार्ड मागेर त्यहाँ उल्लेखित नम्बरमा फोन गर्ने वा शंकय लागेमा ९११ मा फोन गरेमा प्रहरी आएर पनि भेरिफिकेशन गर्ने जीसीको भनाई छ । आइसका सक्कली एजेण्टहरुले कहिले पनि रकम नमाग्ने भएकाले रकम माग्नासाथ त्यो नक्कली भएको थाहा पाउनुपर्ने उहाँको सुझाव छ ।

कसैले फोन गरेर रकम माग्न थालेमा त्यस्ता फोनकल तुरुन्तै काटिदिने र पैसा माग्नेहरुलाई एक सेकेण्ड समय दिन नहुने जीसीको भनाई छ । उहाँ भन्नुहुन्छ – ‘फोनबाट कसैले रकम मागेमा त्यस्तो फोन तुरुन्तै काटिदिनुहोस् । रकममात्र होइन फोनबाट कसैलाई आफ्नोबारे कुनै सुचना दिनु पनि आवश्यक छैन । ‘

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com