नेपाली मुलका अमेरिकी सांसद भण्डारीको अमेरिकी राजनीतिज्ञबाट प्रशंसा : ‘भण्डारीको कार्यशैली पृथक छ’


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

विजय थापा 

अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर हाउस अफ डेलिगेट (बिधान सभा सदस्य )को रुपमा पहिलो संसदीय सत्र सम्पन्न गर्नु भएका सभासद ह्यारी भण्डारीको लगन,कडा परिश्रम र काम गर्नसक्ने ईच्छा शक्ति मजवुत भएको टिप्पणी अमेरिकी राजनीतिज्ञहरुले व्यक्त गरेका छन् ।

गत विहीवार मेरिल्याण्डमा आयोजित हयारी भण्डारीको रात्रिभोज स्वागत समारोह (रिसेप्सन डिनर)को अवसरमा सहभागी मेरिल्याण्ड बिधान सभाका सभामुख,सिनटेर तथा डेलिगेट तथा महा महा न्यायाधिवक्ता (एटर्नी जनरल)हरुले भण्डारीको पहिलो सेसनको समिक्षा गर्दै कार्यशैलीको प्रशंसा गरेका हुन् ।

मेरिल्याण्ड बिधान सभाका सभामुख एन्ड्रिएन जोन्सले सभासद भण्डारी एउटा नविन जन प्रतिनिधिको रुपमा बिधान सभामा जुन भूमिका खेलेर आफै मुख्य प्रस्तावक (लिड स्पोन्सर)मा बिधेयक पारित गर्न सफल हुनु भयो त्यो महत्वपूर्ण उपलब्धि हो भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै जोन्सले सभासद भण्डारीको काम गर्ने ईच्छा शक्ति,जिज्ञासुता, प्रतिबद्धता,साथै नीति ज्ञानले गर्दा डेमोक्रेट्स र रिपब्लिकन बिधायक सदस्यहरुमा लोकप्रिय रहेको बताउनु भयो।

उहाँले अगाडि थप्नु भयो सभासद भण्डारीको अर्को सफलता भनेको संसदीय अनुबन्धन पहल ( लेजिसलेटिभ बंड इनिसिएटिव) व्यवस्थापिका बिधेयक मार्फत संसदबाट अनुमोदन र कोष विनियोजन गरि पेस गरेका सबै ३ प्रस्ताव स्वीकृत भै परियोजना आफ्नो जिल्लामा ल्याउन सक्नुले पनि उनको काम गर्ने शैली पृथक छ भन्ने पुष्टि गरेको छ ।

कर्विन शिक्षा बिधेयकको सहायक प्रस्तावकको रूपमा सभासद भण्डारीले के-१२ शिक्षा लागि थप ७ सय मिलियन डलर सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । साथै  मेरील्याण्ड बिधान सभामा २१ वर्ष मुनिका युवा वयस्कहरूलाई सुर्तिजन्य, निकोटीन उत्पादनहरू खरीद गर्न प्रतिबन्ध लगाएतका बिधेयक लगाएत स्वास्थ्य सम्बन्धि बिधेयक पारित गर्न सभासद भण्डारीको उलेखनीय भूमिका रहेको थियो। संसदमा शक्तिशाली स्वास्थ्य र सरकार संचालन समितिमा रहेका भण्डारीका ५९ सहायक प्रस्ताव रहेका बिधेयेक मध्ये ३३ बिधेयेक दुवै सदनबाट पारित भएर गभर्नरले स्वीकृत गरे संगै राज्य कानून बन्दैछन् ।

कार्यक्रममा मेरिल्याण्डका एटोर्नी जनरल ब्रेन फ्रोसले सभासद भण्डारी अमेरिकी सपनाको उदाहरण बताउंदै नेपाल देखि मेरिल्याण्डको हाउस अफ डेलिगेटस सम्मको यात्राले अमेरिकाको आप्रवासन सम्वन्धि व्यवस्थाले कसरी अनेकतामा एकता र त्यस भित्र विविधतालाई अंगिकार गरेको छ भन्ने पुष्टि गरेको वताउनु भयो ।

महा न्यायाधिवक्ता फ्रोसले अगाडि थप्नु भयो यो अवसरको भूमिमा सभासद भण्डारीको कठोर परिश्रमले अमेरिकामा नेपाली मूलको पहिलो विधायकको रुपमा उनलाई ईतिहास कोर्ने अवसर प्रदान गरेको छ ।

मेरिल्याण्ड सिनेटको दोश्रो वरियता क्रममा रहेकी सिनेटर तथा प्रेसिडेन्ट प्रो टेम्पोर क्याथी क्लासमारले कार्यक्रम सञ्चालन गर्दे भण्डारीको निवासको राजनैतिक रात्रिभोजको बैठक देखि डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्य र बिधायकको रुपमा बिजयी प्राप्त गर्दा सम्मको आफ्नो सभासद भण्डारी संगको राजनैतिक सहकार्यको भावुक हुँदै स्मरण गराउनु भो ।

सभासद भण्डारीको डेमोक्रयाट दल (पार्टी)को केन्दीय सदस्य र हाउस अफ डेलिगेटको रुपमा बिजय प्राप्त गर्दा सम्मको आफ्नो सहकार्यको अनुभव सुनाउनु भएको थियो। ।

यसैगरी अर्का पुराना हाउस सभासद एरिकले सभासद भण्डारी रउहाँलाई सहयोग गर्ने सवै समुदायलाई प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दे हाउस अफ डेलिगेट(बिधान सभा सदस्य) भण्डारीले मलाई अमेरिकाले महत्वपूर्ण अवसर प्रदान गरेको भन्नु हुँदै आगामी दिनमा अझै  प्रतिवद्धताका साथ नागरिक प्रति सेवा भावले समर्पित हुने आफनो ईच्छा रहेको वताउनु भयो ।

१२ बर्ष पछि  रिपब्लिकन दलका पूर्वराज्य निर्देशक र अमेरिकाको सबैभन्दा लोकप्रिय गभर्नर लारी होगनका बहालवाला  विश्वासपात्र सभासद सदस्यलाई गत नोभेम्बरको संसदीय चुनाबमा पराजित गरि रिपब्लिकन पार्टीलाई स्तब्ध पार्दै भण्डारीले संसदीय चुनाब जितेका हुन्।

भण्डारीको निबाचन जिल्ला राज्यको सबैभन्दा प्रतिस्पर्धी चुनावी जिल्ला हो। भण्डारी एएपिआई समन्वय ककस सभापति र सिनेट र बिधान सभाका लागि एएपिआई ककसका सचिव छन्। उक्त  ककसका एकजना सदस्य अमेरिकामा भारतीय मूलको पहिलो विधायक ९० का दशक देखि कुमार बार्वे पनि छन् ।

कार्यक्रममा शिक्षक संघकि अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु,स्थानीय अस्पताल,विश्वविद्यालयका प्रतिनिधीहरु लगायत नेपाली समुदायका सदस्यहरुको समेत सहभागी रहेको थियो ।

८० प्रतिसत स्वेत मतदाताहरु रहेको चुनावी संसदीय जिल्लामा कुनै पनि चनाव जित्ने भण्डारी पहिलो अल्पसंख्यक बिधायक हुन् । अहिले सम्म उक्त चुनावी क्षेत्रमा अफ्रिकन अमेरिकन लगायत कुनै पनि अल्प संख्यकले प्राथमिक तथा आम निर्वाचन जितेका थिएनन ।

अहिले सम्मको जिल्लाको संसदीय चुनावी ईतिहासमा तेश्रो धेरै लोकप्रिय मत ल्याएर बिजयी हुने भाग्यमानी सभासद भण्डारी हुन् । उक्त क्षेत्रमा जन संख्या १ लाख ५० हजार हाराहारीमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com